जयमान बुढा मगर
रुकुम (पूर्व) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटीलाई सोमबार शपथ ग्रहण गरिएको छ । सोमबार रुकुमकोटमा जिल्ला कमिटी सदस्यलाई शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम गरिएको हो । कार्यदलले टुङ्ग्याए अनुसार एक सय पैतीस सदस्यीय जिल्ला कमिटीमा पूर्व माओबादी केन्द्रबाट एकासी पूर्व एमालेबाट चौवन्न सदस्य रहेका छन । जिल्ला अध्यक्षमा पूर्व माओबादी केन्द्रबाट मेघबहादुर श्रेष्ठ र सचिवमा पूर्व एमालेबाट सतमान पुन रहेका छन ।
नेकपाका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गणेशमान पुनले जिल्लाका कमिटीलाई शपथ ग्रहण गराएका थिए । जिल्ला तहको एकीकरणका लागि केन्द्र स्तरको कार्यदल र स्थानीय तहको एकीकरणका लागि प्रदेशस्तरको कार्यदल बनाइएको थियो । पूर्व एमाले र पूर्व माओबादी केन्द्रबीच पार्टी एकताका लागि पदीय बाँडफाँड सहित एकीकरण प्रक्रियालाई टुङ्ग्याइएको हो । एकतीस वडा रहेको यस जिल्लामा एक्काईस पूर्व माओबादी केन्द्र र दश पूर्व एमालेले पाउने गरी सहमति गरिएको छ । त्यहाँ पनि अध्यक्ष र सचिव फरक धारले पाउनेगरी सहमति भएको बताइएको छ ।
विश्वमै (नेकपा) अग्रगामी छलाङमा बढिराखेको पुनले बताए । (नेकपा)को पार्टी एकता टुङ्गो लायो अब जनवर्गीय संगठन, केन्द्रीय कमिटीको कार्य विभाजन, विभिन्न भिवाग त्यसैगरी आयोग, राष्ट्रिय परिषद्, ज्येष्ठ केन्द्रीय मञ्च लगायतको कार्य भिवाजन तथा निर्माण बाँकी रहेकोमा छिटै नै टुङ्गो हुने भनाई राखे । ‘वैचारिक, कार्यदिशा, चेतना जस्ता हिसाबमा आज (नेकपा) समुदायको केन्द्रबिन्दु बनेको छ’ उनले भने, ‘समाजवाद उन्मुख आज जनताको जनवाद सामाजिक न्याय सहितको हरेक नागरिकलाई वैज्ञानिक सक्षम व्यक्तित्व समुदाय निर्माण गर्नमा (नेकपा)ले काम गरिराखेको छ ।’
बजेट नै सबै साधन होइन बजेट बाटो हो यहाँको स्थानीय स्रोत साधन तथा मानव स्रोतलाई परिचालित बनाएर काम गर्न अरु वक्ताले भनाई राखेका थिए । अहिले सबै व्यापारी सामाग्रीहरु आयात गरिराखेको अवस्था छ अव देखि यहाँको स्रोत साधनलाई उपयोग गरेर निर्यात गर्ने काममा बजारले मागेको अनुसार हरेक क्षेत्रको अध्ययन गर्नमा स्थानीय लाग्नु पर्ने बताएका छन् ।
जिल्ला कमिटीको बैठक आज बसिराखेको छ । जिल्लाको तीन स्थानीय तह मध्य भूमे र सिस्ने गाउँपालिकामा एकता घोषणा गरिसकेको हो । पुथा उत्तरगंगा गाउँपालिकामा भने घोषणा गर्ने बाँकी रहेको जिल्ला अध्यक्ष मेघबहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार आज बसिराखेको कमिटीले पुथाको घोषणा र आगामी दिनहरुमा संगठानिक विस्तार विषयमा छलफल गरिने श्रेष्ठले बताए । जिल्ला कमिटीमा तेह्र जनालाई मनोनयन गर्ने एजेण्डा माथि पनि बैठक बसिराखेको (नेकपा) रुकुम (पूर्व)ले जनाएको छ । (नेकपा)ले जनाएको अनुसार नौ जना पूर्व माओबादीबाट र पाँच जना पूर्व एमालेबाट मनोनयन हुने छन् । नेकपाका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री, दलजित श्रीपाली लगायत केन्द्रीय सदस्य तथा ५ नम्बर प्रदेशका सचिव÷सदस्य लगायतको उपस्थिति रहेको थियो ।