जयमान बुढा मगर
रुकुम (पूर्व) भूमे गाउँपालिकाका एक परिवारद्वारा ब्यक्तीगत लगानीमा बराहा मन्दिर निर्माण गरेका छन । वडा नम्बर २ दहबाङका टेकबहादुर बुढाले आफ्ना स्वर्गीय बुवा, आमा र श्रीमतीको नामबाट उक्त मन्दिर बनाएका हुन । दहबाङ स्थित कोइजरा भन्ने ठाउँमा मन्दिर बनाइएको छ त्यस ठाउँमा परापूर्वकाल देखि वर्षको दुई पटक पूजा गर्ने गर्दछन् ।
बुवा, आमा र श्रीमतीको सम्झनामा समुदायका लागि चिनोका रुपमा मन्दिर निर्माण गरेको बुढाले बताए । ‘ मन्दिर निर्माण आफ्ना स्वर्गीय आफन्तहरुको नाममा गरे तर यो सबै जनताको सम्पत्ति हो’ बुढाले भने, ‘हरेक वर्ष पूजा गर्ने गर्दछन् तर मन्दिर छैन् पूजाको दिनमा हामी गाउँले मिलेर मन्दिर बनाउनु पर्छ भन्ने छलफल चल्थ्यो तर अहिले सम्म नबनेपछि मैले आफै बनाए ।’ बुढाले गत शनिबार बैशाख पूर्णिमाको अवसरमा निर्माण गरिएको मन्दिरको उद्घाटन कार्यक्रम आयोजना गरे । उद्घाटनमा जनप्रतिनिधि सहित सरोकारवाला निकायहरुको सहभागीता रहेको थियो । निर्माण देखि उद्घाटन सम्मको कार्यक्रम गर्दा एक लाख पच्चीस हजार रकम खर्च लागेको बुढाले बाए ।
प्रत्येक वर्ष बैशाख पूर्णिमा र ऋषि पूर्णिमाको अवसरमा बराहा देवताका लागि पूजा गर्ने गरेको स्थानीय ७८ वर्षीय बृद्ध हर्कमान बुढाले जानकारी दिए । यस ठाउँमा बराहा देवताको नाममा पूजा गरेपछि उक्त स्वास्थ्य समस्या टरेर जाने जनबिश्वास रहेको छ । अब स्थानीय सरकारले यसलाई घेरबार गरी संरक्षण र प्रवद्र्धन गरेर पर्यटकीय गन्तव्य गर्नुपर्ने उनको भनाई छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto

आहा सञ्चारका भिडियो सामग्रीहरु हेर्न तल क्लिक गर्नुहोस तथा युट्युब च्यानल सस्क्राइव गर्नुहोस ।

This will close in 0 seconds