आहा सञ्चार संबाददाता
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा न ९ र १० मा ५ सय ६० वटा भेडाबाख्रालाई निःशुल्क पिपिआर भ्याक्सिन लगाइएको छ । मुसिकोट नगरपालिकाको भेटनरी इकाईले नगरभरी नै पिपिआर रोगको विरुद्धमा सो भ्याक्सिन लगाउने अभियान त्यहाबाट थालनी गरेको हो ।
आज मुसिकोट नगरपालिकाको ९ न वडाको वडा कार्यालय होल्तारा र चौखावाङमा बाख्रा भेडाहरु एकै ठाउमा जम्मा गरेर भ्याक्सिन लगाइयो भने १० न वडाको वडा कार्यालय चुन र डेलडाडाको स्कुलमा जम्मा गरेर भ्याक्सिन लगाइएको थियो । यसरी गाउँ गाउमा गएर पशुचौपायहरुलाई पनि सेवा प्रवाह गर्दा स्थानीयबासीहरु खुसि भएका छन ।
फेसबुक प्रतिक्रियाहरु
