३ महिने सिलाई कटाई तालिमको समापन

Byआहा सञ्चार

२०७६ बैशाख २७, शुक्रबार १६:१३

सत्य बटाला
रुकुम पश्चिम आठबिसकोट नगरपालिकामा ३ महिने महिला लक्षित सिलाई कटाई तालिमको एक कार्यक्रमका बिच समापन गरिएको छ ।
आठबिसकोट नगरपालिकाको ८ लाख ३५ हजार रुपैया आर्थिक सहयोग र जनपहुँच युवा क्लवको आयोजनामा माघ २७ गते बाट संचालन भएको तालिमको आज समापन भएको हो ।]

उक्त तालिममा आठबिसकोट नगरपालिकाका १४ वटै वडाका गरि जम्मा ३१ जनाको सहभागिता रहेको थियो । जसमा वडा नम्बर १ बाट ४ जना, वडा नम्बर ११ बाट ३ जना र अन्य वडाहरुबाट दुई दुई जनाको सहभागिता रहेको थियो । उक्त तालिमको सहजिकरण कल्पाना भण्डारी र तिर्सना बुढा घर्तिले गरेका थिए । तालिममा सहभागि सबै जनालाई एक÷एक ओटा कपडा सिलाउने मेसिन र कैचि पनि बितरण गरिएको जनपहुचँ युवा क्लबका अध्यक्ष तेज बहादुर मल्लले जानकारी दिए । उनका अनुसार तालिममा सहभागि प्रशिक्षार्थीहरुलाई महिनाको २ हजारको दरले खाजा खर्च पनि बितारण गरिएको छ । आठबिसकोट नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत राम बहादुर केसी, ९ नम्बर वडाका वडाध्यक्ष तारक बहादुर शाहि, र कार्यपालिका सदस्य धनराम परियारले तालिममा सहभागि प्रशिक्षार्थीहरुलाइ प्रसंसा पत्र प्रदान गरे । उक्त समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुुख अतिथि तथा आठबिसकोट नगरपालिकाका निमित्त प्रमुख प्रसाशकिय अधिकृत केसीले तालिममा सिकेको सिपलाई व्यवसाय थालेर जिविकोर्पाजनको पाटो बनाउन अनुरोध गरे । आगामि आर्थिक वर्षमा बजेट बिनियोजन गरेर बिभिन्न किसीमका तालिमको लागि तालिम केन्द्रको स्थापना गर्ने पनि उनको भनाई थियो ।

यस्तै कार्यक्रममा बोल्दै आठबिसकोट नगरपालिका ९ का वडाध्यक्ष तारक बहादुर शाहिले यस्ता खालका सिपले गर्दा महिला आत्मनिर्भर हुदै गएको बताए । कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट आफ्नो धारणा राख्दै प्रशिक्षार्थी समिक्षा मल्लले तालिममा सिलाई कटाई सम्बन्धिका धेरै कुरा सिक्न पाएकोमा खुसी ब्यक्त गर्दै सिकेको सिपलाई घरमा गएर सदुपयोग गर्ने प्रतिबद्धतना जनाईन । कार्यक्रमको सञ्चालन जनपहुचँ युवा क्लबका सचिब घनश्याम भण्डारीले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto