जयमान बुढा मगर
पूर्व युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाली यसपटकको आफ्नो गृह जिल्ला बसाईमा अन्य समयको भन्दा अलि बढी समय दिएर घुमधाम र रुकुम पूर्वका नागरिकसँग भेटघाट गरिरहेका छन । भेटसँग–सँगै आफ्नो पालाको योजनाका काम तथा अहिले पालिकाको तर्फबाट निर्माण योजनाका अनुगमन गरिरहेका हुन । आफ्नो गृहजिल्लाको समस्याको पहिचान गरी नागरिकसँगको भेट छलफलबाट जनताले उठाएका समस्यालाई हल गर्ने उद्देश्य बोकेर रुकुम (पूर्व) मा आएको उनले बताए ।
उनी सोमबार भूमे गाउँपालिका ७ गुनाम आफ्नो जन्मभूमि र घरमा पुगे । त्यसैगरी जनयुद्धकालमा प्रहरीको घेराबन्दीबाट बच्न सफल भएको घर पनि हेर्न गए । २०५४ सालमा गुनामका संघर्ष सुनारको घरमा भएको भेलामा प्रहरीले उक्त घरलाई घेराबन्दी गरेपछि घरको सानो झ्यालबाट भागेर ज्यान बचाउन सफल भएको उनले सम्झना गरे । त्यो दिन घरको झ्याल नभएको भए ज्यान गुमाउने थिए त्यसैले उक्त घर परिवारसँग आफूले सकेको सहयोग गर्ने प्रतिवद्धता जनाए । उनि भूमे गाउँपालिकाले वृहत् रुपमा अगाडि सारेको मारिङ एकीकृत कृषि वन अनुकन्धान केन्द्र मारिङमा गए । पालिकाले सञ्चालन गरेको उक्त कार्य अवलोकन गर्दै भने यहाँका नागरिकसँग प्रत्यक्ष जीविको पार्जनका लागि जोडिइएको योजना भएको जनाए । जनयुद्धको क्रममा खनिएका बंकरको अवशेषलाई संरक्षण गरेर पर्यटकीय गन्तव्य बनाउने कुरा राखे । सोमबार विभिन्न योजनाका अनुगमनको साथै सहिद, घाइतेका परिवार, विद्यार्थी, बृद्धाबृद्धसँग भलाकुसारी गरेका थिए । मंगलबार एक विहानै जनयुद्ध कालमा हिँडिएका पथ पैदल यात्रा चार घण्टा जंगलको बाटो भएर भूमेको केन्द्र कार्यालय खाबाङ बगरमा झरे । जुन बाटो सारै नै अफट्यारो रहेको थियो । विभिन्न कार्यक्रम पूरा गरेर बुधबार पूर्व मन्त्री गणेशमान पुन अन्य नेकपाका नेताहरुको साथमा सिस्ने गाउँपालिका तर्फ प्रस्थान गरे । त्यहाँको कार्यक्रम तथा भेटघाटलाई सकेर काठमाडौँ फर्किने जनाइएको छ । आफु मन्त्री भएको बेला श्रीपालीले आफ्नो गाउँठाउँको विकासको लागि तिव्रगतिमै काम गरेको भूमे ७ का कुमार सुनारले सुनाए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto