सत्य बहादुर वटाला
आठविसकोट
रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा रहेका सिस्ने हिमाल बालगृहका अनाथ बालबालिकाहरुलाई स्कुले झोला वितरण गरिएको छ । आठविसकोट नगरपालिका १० झाँक्रिसल्ला घर भै हाल दुबैमा रहनु भएका समाजसेवी युवा विनय शाहको सहयोगमा उक्त वाल गृहका १२ जना बालबालिकाहरुलाई एक÷एक वटा स्कुले झोला वितरण गरिएको हो ।
हाल दुबैमा रहनु भएका शाहले बालगृहका बालबालिकाहरुलाई झोला वितरण गर्न भनी १२ हजार रकम सहयोग गरेका थिए । सोही रकमले खरिद गरेका झोला उनका भाइ रविन्द्र शाह मार्फत वितरण गरिएको सिस्ने हिमाल बाल गृहका अध्यक्ष सुनिता चदाँराले जानकारी दिईन । झोला पाए पछी बालबालिकाहरु निकै खुशी र उत्साहित भएका छन । ति १२ जना बालबालिकाहरु अहिले दिपजोती आधारभुत विद्यालय राडीमा अध्ययन गरिरहेका छन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto