सर्जना कार्की
रुकुमकोट
नेपाल जनजागरण मञ्च रुकुमको समिक्षा बैठक रुकुम (पुर्व) को सदरमुकाम रुकुमकोटमा सम्पन्न भएको छ । जिल्ला स्थित सरोकारवाला निकायहको सहभागीतामा बैठक सम्पन्न भएको हो । जनजागरण मञ्च रुकुमले नेपालको कान्छो जिल्ला रुकुम पुर्वमा समुदाय स्वास्थ्य सुधारको क्षेत्रमा काम गरिरहेको जनजागरण मञ्च रुकुमका संयोजक फत्ते रिजालले बताए ।
उनका अनुसार दलित, जनजाति, अपांगता भएका तथा विपन्न पिछडिएका समुदायको स्वास्थ स्थितिमा सुदृढ गर्ने उदेश्यले जिल्लाको पुथा उत्तरगङ्गा गाउँपलिका वडा नम्बर १४ को राङ्सी र १०, ११ को तकसेरामा कार्यक्रम लागू गरिएको हो । कार्यक्रम लागू गरिएको उक्त क्षेत्रमा विद्यार्थिहरुलाई प्याड निर्माण पुर्ण सरसफाइ, विभिन्न किसिमका क्षमता विकास, करेसाबारी निर्माण, परिवार नियोजन, घरेलु पानी शुद्धीकरण, व्यक्तिगत सरसफाइ तथा व्यवहार परिवर्तन, पोषण सम्बन्धी तालिम लगायतका कार्यक्रमहरु रहेका हुन । त्यसैगरी होटेल व्यवसायिहरुलाई व्यक्तिगत तथा होटेल सरसफाइ सम्बन्धि तालिम, समुहको सवलिकरणमा छलफल जस्ता कार्यक्रम सञ्चालन गरिएको छ ।
जसले गर्दा उक्त क्षेत्रका नागरिकमा धेरै सकारात्मक परिवर्तनहरु आएको संस्थाको दाबी छ । ‘कार्यक्रम लागू हुनुपुर्व उक्त क्षेत्रमा चेतनाको निकै कमि थियो’, संयोजक रिजालले भने, ‘अहिले र पहिलेको तुलना गर्ने हो भने त्यहाँका मानिसहरुको आनीबानी र सोच विचारमा आकाश पातालको फरक पाउन सकिन्छ ।’ कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, सहायक प्रमुख जिल्ला अधिकारी श्रवनकुमार शाह लगायतको सहभागीता रहेको थियो । लैङ्िगक समावेशी समतामूलक समाजको निर्माण गर्ने परिकल्पना बोकेको मुनाफा रहित यस गैरसरकारी संस्थाले विभिन्न क्षेत्रहरूमा काम गर्दै आएको छ ।
