जयमान बुढा मगर
रुकुम (पूर्व) भूमे गाउँपालिकामा आज प्रदेश स्तरीय स्थानीयसँग मानव अधिकार विषयकमा गोष्ठी गरिएको छ । कानून तथा संवैधानिक मामिला महाशाखा र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नम्बर ५ सरकारले कार्यक्रमको आयोजना गरेको थियो । प्रदेश नम्बर ५ ले पहिलो पटक कार्यक्रम सञ्चालन गरेकोमा आज भूमेबाट सुरुवात गरिएको जनाइएको छ । ५ नम्बर प्रदेशका सबै स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्ने जनाईएको छ ।
कार्यक्रममा मानव अधिकारको संरक्षण र प्रर्वद्धनमा स्थानीय तहको भुमिका विषयकमा एक दिने स्थानीयसँग अन्तरक्रियात्मक गोष्ठी सञ्चालन गरेको हो । मानव अधिकार सम्बन्धी स्थानीय नागरिकलाई जानकारी दिने र मानव अधिकार हनन् नहोस् सबैले समान व्यवहार समाज निर्माणमा सहयोग पु¥याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कानून तथा संवैधानिक मामिला महाशाखा कार्यालयका सचिव राजेन्द्र थापाले बताए । मानव अधिकार सम्बन्धी कानूनी व्यवस्था, फाइदा, सरकारको दायित्व र भुमिका लगायत विषयमा सचिव थापाले अन्तरक्रिया कार्यक्रम प्रस्तुत गरे । सहभागिबाट लिखित तथा मौखिकमा जिज्ञासा राखेका थिए । हरेक क्षेत्रका पक्षलाई वस्तुनिष्ठ विश्लेषण मार्फत विकासमा सबैको अधिकारलाई सम्बोधन गरिराखेको पालिका अध्यक्ष रामसुर बुढाले आफ्नो भनाई व्यक्त गरे । उनले भने, ‘मानव अधिकारलाई सम्बोधन गरेर मात्र समृद्ध नेपाल हुने हो, त्यसैले मावन अधिकारको कानूनी व्यवस्था अनुरुप अधिकारमा पूर्णता दिइराखेका छौँ ।’
कार्यक्रमको सजिकरण प्रदेश नम्बर ५ कानून तथा संवैधानिक मामिला महाशाखा कार्यालयका सचिव राजेन्द्र थापाको नितृत्वमा उप–सचिव एमकान्त पाण्डे र कार्यालयका अधिकृत कृष्ण प्रसाद पराजुलीले गरेका हुन । भूमे गाउँपालिकाको सभा हलमा सञ्चालन गरिएको अन्तरक्रियात्मक गोष्ठीमा जनप्रतिनिधि सहितको स्थानीयको सहभागिता रहेको थियो ।