आहा सञ्चार संबाददाता
डिएचएम जर्मनीको आर्थिक सयोगमा रुकुम पश्चिमको चौरजहारी अस्पतालको नबनिर्मित भबनको आज कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाद्धारा उद्घघाटन गरिएको छ । अस्पतालले थप ब्यवस्थित तरिकाले नबजात तथा सुत्केरी सेवाको लागि भवन निर्माण गरेको हो । भवन उद्घाटन गर्दै मन्त्री ज्वालाले चौरजहारी अस्पतालले रुकुम, सल्यान र जाजरकोटका जनतालाई बिगतदेखि नै राम्रो सेवा दिईरहेको बताउदै आगामी दिनमा झन राम्रो सेवा दिने बिश्वास ब्यक्त गरे ।
चौरजहारी अस्पताललाई कर्णाली प्रदेशकै उत्कृष्ट अस्पताल बनाउन प्रदेश सरकारबाट पनि केहि सहयोग र सहकार्य गर्न आवश्यक रहेको समेत उनको भनाई थियो । कार्यक्रममा प्रदेश सांसदहरु गोपाल शर्मा, रातो कामी, देबी वली, जिल्ला समन्वय समिति रुकुमका प्रमुख राजकुमार शर्मा, चौरजहारी नगरप्रमुख बिशाल शर्मा एचडिसिएसका सस्थापक एबम पुर्ब निर्देशक डा.तिर्थ थापा, निर्देशक कपिल शर्मा लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।