हरि जिज्ञासु
देशमा बसोबास गर्ने हरेक नागरिकको मनमा नैरास्यता छाउँनुको कारण एउटै मात्र छ त्यो हो देशमा असल सुशासन नहुँनु । कुनै पनि देशमा राजनीतिक साझेदारी सहितको असल कानून भएन भने त्यो देशमा भ्रष्टचार, हत्याहिंसा, बलात्कार, बेरोजगारी लगायतका रोगहरुले जरा गाड्न थाल्छ । अहिले हाम्रो देश पनि फितलो कानूनले गर्दा त्यस्तै रोगहरुको सिकार भएको छ । माओबादी र एमालेको साझेदारीमा बनेको बहुमतीय कम्यूनिष्ट सरकारले एक समय केही गर्छकी भन्ने झिनो आशा नेपालीहरुमा पलाएको थियो ।
तर अहिले एकता भएको केही वर्ष वितिसक्दा पनि कम्यूनिष्ट सरकारको दुई वटा अध्यक्षहरुले देशको लागि गर्नुपर्ने काम नगरेको भान भइरहेको छ । क्रान्ति अझै सफल भएको छैन भन्दै सरकारको विरोध गर्दै हिड्ने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी माओवादीमा अहिले धेरै युवाहरु संगल्न भएर युद्ध गर्छौँ भन्दै हिडेको पाईन्छ । युवाहरु विप्लव नेतृत्वको नेकपा माओबादीमा संगल्न हुनुको पछाडी देशको हितको लागि काम गर्न सरकार विफल हुनुको परिणाम नै हो जस्तो लाग्छ । सरकारले अहिले देशमा गरेको कामको परिणामले अवको पाँच वर्षपछि फेरि अर्को राजनीतिक उथलपुथल हुने सम्भावना बढि छ ।
खास भन्नुपर्दा नेपालमा अहिले जनताको हितको लागि काम गर्ने सरकारी थलो भन्दा पनि एक्सन सहितको राजनीतिक गर्ने खेलाडीहरुको राजनीतिक खेल देखाउने खेल मैदान बनेको छ । यहाँ कतिखेर कसले जित्छ पत्तै हुदैन । सोजासाजा जनताले उनीहरुको खेल हेर्ने बाहेक केही भएको छैन् । अब नेपाली जनताले राजनीतिक फोहोरी खेल भन्दा पनि असल नेतृत्वले देशको लागि असल काम गरेको चाहान्छन् । अहिले सरकारले विदेशमा गएका लाखौं युवाहरुलाई स्वदेश पर्खाएर स्वदेशमै पसिना बगाउँनुपर्छ भन्ने सन्देश दिने पनि हजारौँ युवाहरुलाई विदेश लैजाने खुकुलो निती बनाउँदैछ । देशमा कक्षा ५ मा अध्ययनरत बालकको मनमा म विदेश जानुपर्छ भन्ने भावना सेट भइसकेको छ । अलिकति पढेलेखेका युवाहरु जापान, कोरिया, अस्ट्रेलिया, अमेरिका लगायतका देशहरुमा जाने योजना बनाइरहेकाछन् । हजारौं युवाहरु गइरहेका पनि छन् । दिनौं हजारौँ युवाहरु विदेशिनुको पछाडी एउटै मात्र कारण हो देशमा फितलो कानून र सरकारको देशप्रतिको लाप्रवाही काम । देशमा सरकारलाई र माथिल्लो तहमा रहेका व्यक्तिहरुले सात पुस्ता सम्म सुति सुति खाने सम्पती आर्जन गरिसकेका छन् ।
तर नेपालका कतिपय त्यस्ता गाउँहरु छन् जहाँ नागरिकलाई एक छाक खाना जुटाउँन पनि हम्मे हम्मे परेको छ । सरकार अहिले निष्ठुरी बनेर त्यस्ता घटनालाई नियाल्नु भन्दा ननियाल्नु नै बेस सम्झदै सिंहदरबारमा हावा गफ ठोकेको अवस्था छ । जनताको अवस्था कहाँ कस्तो छ भन्ने कुरा पत्ता लगाएर त्यसको समाधान गर्ने तृष्णा सरकारमा छैन । विकासका यात्राहरु सुस्त गतिमा अगाडि बढ्दैछन् । युवाहरुको देशमा बस्ने आशाहरु दिनप्रतिदिन मर्दैछ । युवाहरुले विदेशतिर गरेको यात्राको दृष्यले अबको केही वर्षमा नेपाल युवा विहीन हुने सम्भावना बढि देखिन्छ । किनकि सरकारले अहिले देशमा युवाहरुको लागि केही गर्ने भन्दा पनि युवाहरुलाई श्रमको लागि विदेश पठाउँने श्रम सम्झौँतामा हस्ताक्षेर गरेको छ । यसरी युवाहरुलाई श्रमको लागि विदेश पठाउँने सम्झौतामा हस्ताक्षेर गर्नु भन्दा पनि स्वदेशमा नै केही रोजगारीको अवसर दिलाएर सम्झौदा गर्दिको भए सायद युवाहरुलाई स्वदेशमै बस्न मोहित पार्नै सुत्र बन्न सक्थ्यो । सरकारले युवाहरुलाई स्वदेशमा आत्मनिर्भर बनाउँन भन्दा पनि विदेश पलाएन गराउने सुत्र दिन दिनै खोज्दैछ जस्तो लागि रहेको छ । नेपालको फोहरी राजनीति, भ्रष्टचार आफन्तबाद, बर्ग भेद, जाति भेद र विभिन्न भेदहरुले गर्दा पनि युवाहरु देशमा बस्न रुचाँउदैनन् । आर्थिक क्रान्तिमा पड्को मारेका सुसम्पन्न देशमा युवाहरु बस्न रमाउन चाहान्छन् । युवाहरुलाई स्वदेशमै बस्न मोहित पार्नको लागि सरकारले अब छिट्टै केहि उपयोगी सुत्रहरु अपनाउँनु पर्ने हुन्छ, यस्तो गर्न सकिएन भने । कुनै दिन देशमा युवाहरुको खडेरी पर्ने छ । जसको असर बुढा आमा बुवालाई मलामी समेतको अभाव हुनेछ । घरहरु रित्ता हुनेछन् ।
फेसबुक प्रतिक्रियाहरु