भूमेको पहिचान, गाउँभरी हरिया घर

Byआहा सञ्चार

२०७५ चैत्र २६, मंगलवार १०:३५

आहा सञ्चार संबाददाता
रुकुम पूर्व भूमे गाउँपालिकाले गाउँको मुहार फेरेको छ । पहिले बिभिन्न आफुखुसि रङ भएका घरहरु भएपनि अहिले भूमेको बस्ती नै हरियाली बनेको छ । सबै बस्तीहरु हरियो बनिरहँदा गाउँको मुहारनै सुन्दरमय भएको छ । गाउँ नै हरियाली बनेपछि हरियो नै गाउँको पहिचान बनेको भूमे ३ सिमाका रविन्द्र पुनले बताए ।
उनका अनुसार अन्य ठाउँबाट हेर्दा हरियो गाउँ देखिएपछि भूमे नै हो भन्ने चिन्न सजिलो पनि भएको छ ।

‘पालिकाले उक्त लिपपोत गरेर हरियो रङ लगाउने कार्यक्रमले हामीलाई घरआगन सरसफाईमा प्रतिस्पर्धाले काम गर्नेमा प्रेरणा मिलेको छ’ पुनले भने, ‘घरछिमेक सिँगारेर सफा गर्नु पर्ने रहेछ भन्ने ज्ञान आएको छ ।’ हरियाली गाउँ बनाउनको लागि अघिल्लो भूमे गाउँपालिकको गाउँसभाबाट निर्णय भएको थियो । जस अनुसार भूमे गाउँपालिकाले ‘ग्रिन भूमे, क्लिन भूमे’ को नारा सहित अभियान संचालन गरिएको भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताए । उनका अनुसार गाउँपालिकाले हरेक घरलाई निशुल्क पाँच किलो हरियो रङ दिने निर्णय र कार्यन्वयन गरेको थियो ।

‘उक्त रङले नपुगे घरधनीले आफै थप्नुपर्ने निर्णय भएको थियो र कोहि कोहिले थपे पनि’ अध्यक्ष बुढामगरले भने, ‘हरियो टोल निर्माण गर्ने अभियानले तिब्रता पाईरहेको छ, ३ हजार ८ सय ३६ घरदूरीमध्ये हाल सम्ममा ४० प्रतिशत घर हरियो बनेका छन् ।’ गाउँ टोल हरिाली बनाउन गाउँपालिकाले गत वर्ष देखि नाङ्गो वनपाखाको लागि विरुवा रोप्ने काम पनि चलाईरहेको छ । नाङ्गो पाखामा वृक्षरोपण गरेर हरियो गाउँसँगै भूमे वातावरण नै हरियो बनाइने गाउँपालिकाले जनाएको हो ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto