आहा सञ्चार संबाददाता
रुकुम पूर्वका एक बिरामीलाई आर्थिक समस्याका कारण उपचारमा समस्या परेको छ । आफन्तजनले सबैसंग सहयोगको याचना पनि गरेका छन । रुकुम पूर्व रुकुमकोटका १८ महिनाका बालक सरद ओलीको मुटु भित्र प्वाल परेको देखि अन्य धेरै समस्या देखिएपछि उनको उपचारको लागि ठुलो रकम आवश्यक पर्ने अस्पतालले बताएको छ । अस्पतालका अनुसार उनको सम्पुर्ण उपचार गर्न ७०/८० लाख रकम लाग्ने बताएको छ भने दैनिक ३०/४० हजार रकम खर्च हुदै आएको छ ।
बिरामीका बुवा जीतबहादुर ओलीले सामाजिक संजाल मार्फत गरेको सहयोग आह्वान
मेरो घर रुकुम (पूर्व) सिस्ने गाउपालिका वडा नं ५ रुकुमकोट र नाम जित बहादुर ओली हो । मेरो छोरा १८ महिना को सरद ओली जन्मे देखि नै मुटु भित्र प्वाल परेको ,श्वासनली बन्द भएको ,घा‘टी देखि ओठ सम्मको भाग काटीएको र भित्रि तालु पनि नभएकोले आर्थिक स्थिती कमजोर भइ सम्बन्धित अस्पतालमा लगेर उपचार गरा‘उन सकेको छैन छोराको अवस्था झन झन गम्भिर हुदै गइरहेको छ,थोरै भएको सम्पति बेचेर सके सम्म नेपालका विभिन्न अस्तालहरुमा लगेर उपचार गरेपनि सन्चो हुन सकेको छैन यि सबै समस्या एक एक गरेर अप्रेशन गर्नु पर्ने र अप्रेशन गर्दा ७०/८० लाख सम्म खर्च लाग्ने डाक्टरको सल्लाह छ तर आर्थिक स्थिति नाजुक भएकोले सम्बन्धित अस्पतालमा गइ उपचार गर्न सकिएको छैन । छोराको घा‘टी काटीएकोले घरको खाना खान पनि मिल्दैन त्यसैले अहिले डाक्टरहरुको सहयोगमा दाङको तुल्सीपुरमा रहेको तुल्सी अस्पतालमा अस्पतालको खाना खुवाएर छोरालाई बचा‘एको छु औषधि र अस्पतालको खाना को मात्र महिनको ३०/४०हजार खर्च हुन्छ । आदरणिय सहयोगि मनहरुलाई हार्दिक नमन गर्दछु तपाँइको सानो सहयोग नै मेरो जिवनमा अमूल्य सहयोग हुने छ । तपाहरुको सहयोगको गुण तिर्न नसके पनि जिन्दगि भर सम्झेर धन्यवाद दिइरहने छु नमस्कार ।
ग्लोबल आईएमई बैंक खाता नम्बर १८०८०१०००१४६३ सम्पर्क नं. ९८६६८०३३९२