आहा सञ्चार संबाददाता
रुकुम पूर्वको भूमे गाउँपालिकाले आफ्नो तह झल्कने लागो निर्माण गरेर प्रयोग गरेको एक बर्ष पुग्न लाग्दा पनि अन्य स्थानीय तहरु भने कसैले बनाएका छैनन् । नेपाल सरकारको निशान छाप संगै स्थानीय तहरुले आफ्नो छुट्टै सामाजिक, सांस्कृतिक, प्राकृतिक तथा भौगोलिक पहिचान झल्कने लोगो बनाएर प्रयोग गर्न सक्छन ।
जस अनुसार रुकुम पूर्वको भूमे गाउँपालिकाले पनि खुल्ला प्रतिष्प्रधाबाट लोगो छनोट गरेर प्रयोगमा ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले जानकारी दिए ।

उक्त लोगो निर्माणको लागि गाउँ कार्यापालिकाबाट खुल्ला प्रतिष्प्रधाका लागि सूचना निकालेर आह्वान गरिएकोमा ६ वटा लोगोहरु प्राप्त भएका थिए । जसमा रुकुम पश्चिम मुसिकोटका टेक आरसीले बनाएको लोगो छनोट गरि कार्यपालिकाले लागो प्रयोगको लागि निर्माण गरिएको थियो । ‘टेक आरसीको लोगोमा केहि थोरै परिमार्जन गरेर कार्यपालिकाले लोगोको अन्तिम रुप दियो’ प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले भने, ‘अहिले गाउँपालिकाले नेपाल सरकारको निशान छाप र गाउँपालिकाको लागो दुबै प्रयोग गर्दै आएको छ ।’ उक्त लोगोमा भूमे गाउँपालिकाको बिभिन्न सामाजिक, सांस्कृतिक तथा भौगोलिक पहिचान भल्कने चित्रहरु समेटिएको छ ।
चुनबाङ सहिद गेट, लालीगुराँस, मगर समुदायहरुको पहिचान खुर्पेटोमा हसिया, गाउँपालिकाको नक्सा, हिमाली जिल्ला भएका कारण हिमाल र कृषि उत्पादनको चित्र पनि उल्लेख गरिएको छ । लोगो बनाउने आरसीलाई १५ हजार नगद पुरस्कार दिने निर्णय गरिएको र छिटै प्रदान गरिने गाउँपालिकाले बताएको छ । भूमे गाउँपालिकाले आफ्नो पहिचान सहितको लागो निर्माण गरेर प्रयोेग गरेपनि रुकुम पूर्वका अन्य २ स्थानीय तह र रुकुम पश्चिमका ६ वटै स्थानीय तह कुनैले पनि बनाउन सकेका छैनन् ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto