जयमान बुढा मगर
रुकुमपश्चिममा आज राष्ट्रिय मानव अधिकार आयोगले अन्तरक्रिया कार्यक्रम गरेको हो । जातीय भेदभाव तथा छुवाछूत विरुद्धको अधिकार विषयकमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । सबैको लागि घर–घरमा मानव अधिकार, शान्ति र विकासको आधार भन्ने मूलनाराका साथ मुसिकोट नगरपालिका १ शिसिर गेष्ट हाउसको हलमा कार्यक्रम भएको हो । उक्त कार्यक्रम राष्ट्रिय मानव अधिकार आयोग केन्द्रीय कार्यालय ललितपुरले आयोजना रहेको थियो ।
अन्तरक्रियामा सहभागीले पुरानो पुस्ताको स्वभाव तथा अशिक्षा, गरिवी र बेरोजगारको कारणले मान्छे मान्छेमा विभेदको व्यवहार गरिराखेका बताए । राज्यले व्यवस्था सहजता लिइदिएता पनि राज्यले नै यसको कार्यन्वयनको पक्षलाई व्यवास्ता गरिदिएको गुनासो गरे ।
नयाँ शक्ति नेपाल पार्टी रुकुमपूर्वका प्रमुख प्रतिनिधि उपेन्द्रलाल कामीले शिक्षित व्यक्तिले नै भेदभाव गरिराखेको हुँदा हाम्रो सोंच परिवर्तन गर्नुपर्ने बताए । उक्त भेदभावको जातीय भेदभाव विरुद्ध अधिकार विषयकमा सहभागीसँग अन्तरक्रिया कार्यक्रम भएको हो । जातीय भेदभाव रुकुमको अवस्था, कस्तो, कहाँ र त्यस समस्याको पहिचान गरेर त्यस अनुसारमा आयोगले रणनीति ल्याएर कार्यन्वय गर्ने अन्तरक्रियाको मुख्या उद्देश्य रहेको राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाश वस्तीले बताए । ‘सुनेकोमा र प्रत्यक्ष देखेकोमा फरक हुदो रहेछ’ वस्तीले भने, ‘प्रत्यक्ष उहाँहरुसँग अन्तरक्रिया गर्दा फरक रुप तथा शैलीमा जातीय भेदभाव भइराखेको रहेछ ।’ आगामी दिनमा समस्यालाई समाधान गर्ने पहिचान गरेर उक्त भेदभावलाई निर्मूल गर्ने अधिकारीहरुले प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी, जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख सुमित खड्का लगायत सरोकारवालाको सहभागीता रहेको थियो ।
