असोज देखि शिक्षक गयल, तलव रोकियो

Byआहा सञ्चार

२०७५ चैत्र १२, मंगलवार १८:०९

जयमान बुढा मगर
समाजलाई शिक्षाको ज्योती दिने भनेको विद्यालयका शिक्षक हुन् । एक जना शिक्षकले नै हजारौ बालबालिकाको जीवन निर्धारण गरिदिन्छन् । भने एक शिक्षकको कारणले पनि हजारौको जीवन बर्बाद हुन समेत सक्छ । विद्यालयलाई दोस्रो घर अनि शिक्षक–शिक्षिकालाई गुरुबा, गुरुआमाको रुपमा लिने तथा सम्मान गरिन्छ । जुनसुकै समाज पनि शिक्षामै अडेको छ ।
रुकुमपूर्वको एक विद्यालयमा एक शिक्षकले पठनपाठनमा लापरबाही गरेको हो भन्ने प्रमाण सहित विद्यालय व्यवस्थापन समिति र स्थानीयले बताएका छन । रुकुम पूर्व भूमे गाउँपालिका वडा नम्बर २ त्रिवेणी माध्यमिक विद्यालय काँक्रीमा अध्ययपन गरिराखेका वसन्त प्रताप बिसीको तलव रोकिएको छ । उनी २०७५ असोज महिना देखि बिद्यालयमा देखि नगएका हुन । बैशाख देखि असार सम्मको हाजिरी असार महिनामा आएर एकै दिनमै तीन महिनाको हाजिरी शिक्षक बिसीले गरेको विद्यालयले जनाएको हो । साउनमा १० दिन र भदौमा ९ दिनको हाजिरी रहेको छ । असोज महिना देखि अहिले सम्ममा शिक्षक बिसी गयल रहेको प्रअ मदन शर्माले बताए । ‘न उनले साधारण विदा स्वीकृत गराएका छन् न अन्य शीर्षकमा’ प्रअ शर्माले भने, ‘उनको जिम्मा रहेको विषय विद्यार्थीलाई नपढाईएर नै वार्षिक परीक्षा दिइराखेका छन् ।’

कहिले काहि आफूहरुको विषयलाई थाती राखेरशिक्षक बिसीको विषय लिने गरेको शिक्षक सुनप्रसाद बुढाले बताए । एक दिन अर्काे शिक्षक र अर्काे दिन अर्काे शिक्षकले पढाउदा आफूहरुले नभुजेको र घरबाट अभ्यास गरेर जादा पनि जाचँ गर्ने शिक्षक नै नभपछि उक्त शिक्षकको विषयमा अन्योलता रहेको बिद्यार्थीहरुले बताएका छन । पछिका दिनमा विद्यालयमा न्यून उपस्थिति जनाउने, विद्यालयको आय–व्यय प्रस्तुत नगर्र्ने, जिल्ला शिक्षा कार्यालयको काम भन्दै जाने र महिनाको १५÷२० दिन सम्म नफर्किने, फर्किए पनि काम नगरेरै फर्किने र पुनः अर्काे महिनामा त्यसै कामको नाममा जाने आउने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पृथीबहादुर बुढाले बताए । अब नयाँ शैक्षिक सत्र देखि सरोकारवालाले उक्त समस्यालाई समाधान र दोषीलाई कानूनी दायरामा नलिए शिक्षक बिसीलाई आफूहरुले नै कारवाहीको काम अगाडि बडाउने चेतवानी विद्यालयले दिएको छ ।

पालिका स्तरबाट समेत पटक पटक सम्झाइयो तर नसुधिरी पछि बाध्य भएर उनको तलव रोकिदिनु परेको गाउँ शिक्षा विकास समितिका संयोजक तथा भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले जानकारी दिए । उक्त शिक्षकले विद्यालयमा गयल तथा विद्यालय उपस्थितिका दिनमा पनि अध्ययपन नगरेको विद्यालयबाट जानकारी पाउदा जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख तिलक गौतमले चिन्ता व्यक्ति गरे । ‘उहाँ माथि लागेको आरोपलाई छिटै समस्याको समाधानमा लागेका छौँ’ प्रमुख गौतमले भने, ‘यदि शिक्षकको गल्ति भए कारवाहीको काम अगाडि बढाउने छौँ ।’
शिक्षक वसन्त प्रताप बिसीले आफू विद्यालयमा उपस्थिति नभएको स्विकार गरे । तर अरु आरोप भने अस्विकार गरेका छन् । अध्ययपन गर्न नसकिराको बताउदै नयाँ शैक्षिक सत्रमा जिल्ला शिक्षा समन्वयमा राजिनामा पत्र पेश गर्ने मनस्थिति गरेको छु’ शिक्षक बिसीले भने । अहिले सम्मको रोकिएको तलव फिर्ता भयो भने मात्र नयाँ शैक्षिक सत्र देखि अध्ययपन पेशा छोड्ने उनको भनाई छ । उनी यसअघि प्रअ हुदाको समयमा विद्यालयको हिसाब–किताब प्रस्तुत नगरिएको समेत उनले स्वीकार गरेका छन । शिक्षक बिसीले १ लाख ५६ हजार रकम विद्यालयमा विभिन्न शीर्षकमा छुटेको रकम हिनामिना गरेको आर्थिक वर्ष २०७२÷०७३ र ०७३÷७४ मा लेखा परीक्षणको प्रतिवेदनमा उल्लेख गरेकोे छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto