आहा सञ्चार संबाददाता
दलित महिलाहरुको अधिकार र सवालमा आवाज उठाउने उदेश्यले गठन भएको दलित महिला अधिकार मञ्चले स्थानीय सरकार लगायत सरोकारवाला निकायहरुमा ध्यानाकर्षण पत्र बुझाएको छ । मंगलबार मुसिकोट नगरपालिकाका प्रमुख देबिलाल गौतम लगायत अन्तरपार्टी महिला संजाल र बिभिन्न पार्टीका महिला भातृ संस्थाहरुलाई उत्त पत्र बझाइएको हो ।
पत्रमा मुसिकोट नगरपालिकामा महिलामा छुट्याईएको बजेट पहुँचवाला केहि गैरदलित महिलाहरुले खर्च गरिरहेको र दलित महिलाहरुको पहुँच पुग्न नसकेको उल्लेख गरिएको छ । त्यस्तै वडा स्तर देखि नगरपालिका सम्म दलित महिला जनप्रतिनिधीहरुले स्वतन्त्र पहल कदमी लिएर प्रभावकारी काम नसकेको, नगरपालिकाबाट प्रदान हुने बिभिन्न सिपक तथा नेतृत्वविकास तालिमहरुमा दलित महिलाहरुको सहभागीता हुन नसकेको, दलित महिलाहरुले गरेको काममा प्रोत्साहन नभएको, दलित महिला जनप्रतिनीधिहरुले समेत आफ्ना आफन्तहरुलाई मात्र अवसरहरु दिएको गुणसो गरिएको हो ।
दलित महिलाहरु बिभिन्न कार्यक्रमहरु समेट्ने देखि दिर्घकालिन कार्यक्रमका लागि आवश्यक नीति बनाउन पनि माग गरेको मञ्चका अध्यक्ष हिरा परियारले बताईन । उनका अनुसार दलित समुदाय भित्र रहेका गन्दर्भ, बादी लगायत भूमिहिन, अपांग र जेष्ठ नागरिक महिलाहरुको सशक्तीकरण र संरक्षणका लागि ठोस नीति तथा कार्यक्रम बनाएर प्रभावकारी ढंगले लागु गर्न पनि ध्यानाकर्षण पत्रमा माग गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto