आहा सञ्चार संबाददाता
रुकुम
सेवानिवृत्त राष्ट्रसेवक संघ नेपाल रुकुम पश्चिमको कार्यालय उद्घाटन गरिएको छ । मुसिकोट नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष बिरबल केसीले कार्यालयको आज एक कार्यक्रमका बिच उद्घाटन गरे । संघको कार्यालय व्यवस्थापनका लागि वडा नम्बर १ कार्यालयनै एक वटा कोठा उपलब्ध गराएको बताईएको छ । २०७१ सालमा संघ जिल्लामा गठन भएको अध्यक्ष ओपेन्द्र पाण्डेले जानकारी दिए । कार्यालय उद्घाटन कार्यक्रममा वडा अध्यक्ष बिरबल केसी, सदस्य टेकबहादुर बिसी, संघका बरिष्ठ सल्लाहकार मिनबहादुर पुन, संघका कोषाध्यक्ष बिष्णुबहादुर बुढाथोकी लगायतको सहभागिता रहेको थियो । संघको पहिले कार्यालय नहुँदा झोला मार्फत संघका गतिबिधी हुदै आएकोमा अव संघको काम कार्यालय मार्फत व्यवस्थित तरिकाले हुने कोषाध्यक्ष बुढाथोकीले बताए ।
फेसबुक प्रतिक्रियाहरु