जयमान बुढा मगर
रुकुम पूर्वमा एक संस्थाले खेतीको लागि प्रयोगात्मक तालिम दिएको छ । बहुउद्देश्यीय सामुदायिक विकास सेवा संस्थाले सोमबार देखि बिहिबार चार दिन तालिमको आयोजना गरेको थियो । उक्त संस्थाको कार्यालय भूमे गाउँपालिका २ खेबाङमा रहेको छ । ३१ जनाको सहभागीलाई खेबाङमै तालिम दिइएको हो ।
संचालित भएको व्यवसायिक तरकारी खेती तालिम दुई दिन छलफल तथा सैदान्तिक पढाई र दुई दिन प्रयोगात्मक तालिम गरिएको थियो । अनौठो लाग्ने जस्ता तर खेतीपाती गर्नेमा नौलोपन ज्ञान पाएको प्रशिक्षार्थी जिता घर्तीले सुनाईन । बालीमा रोग किरा लागेमा आफैले बनाउन सकिने, जनजीवनको स्वास्थ्यलाई कुनै पनि असर नगर्ने, विषादी उत्पादन गरि प्रयोग गर्न सकिने रहेछ र नौलोपन खेती गर्ने विधि थाहा पाएको उनको भनाई छ । तालिममा सहभागी प्रशिक्षार्थी छलफल गरि प्रयोगगात्मक मार्फत तालिम गर्दै गर्दा खेतीमा अब नयाँपनबाट कृषि खेती गर्न सकिने रहेछ भन्दै हर्षितका साथ ध्यानपुर्वक प्रयोगगात्मक तालिम गरिराखेका थिए । टनेल सहितको तरकारी लगाउने नर्सरी, बीउ रोपने तरिका, स्थानीय विषादी, झोल मल बनाउने र प्रयोग, मलजलको प्रयोग लगायत बाली लगाउने काम प्रयोगगात्मक तालिम पाएका हुन् ।
भूमे गाउँकार्यापालिका सदस्या श्याम सुन्दर सुनार पनि तालिममा सहभागी थिए । गाउँपालिकाले कृषि उत्पादन गर्ने नीति अपनाएकोले परम्परागत कृषि शैलीले लक्ष्य अनुसारको बाली उत्पादनमा वृद्धि विकासमा सहयोग पुर्याउन तालिममा सहभागी भएको उनको भनाई छ । व्यवसायिक तरकारी खेती सम्बन्धी संस्था मार्फत गठित आमा समूह र कृषक समूहलाई तालिम संचालन गरिदिएको कार्यालय प्रमुख ईश्वरप्रसाद अधिकारीले बताए । संस्थाले कृषि, स्वास्थ्य, शिक्षा तथा जिविको पार्जनसँग जोडिएका आयआर्जन मुलक तालिम साथै व्यक्ती शसक्तीकरण जस्ता कार्यक्रम समुदायमा दिने संस्थाको उद्देश्य रहेको र उक्त उद्देश्य अनुसार काम गरिराखेको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए । संस्थाले पहिला सम्भाव्यता अध्यन गरेर प्रत्यक्ष समुदायको समस्या देखिएको आधारमा जसअनुसार नै कार्यक्रम संचालित रहेको अधिकारीको भनाइ रहेको छ । स्थानीय सरकार र सम्बन्धीत वडासँगको समन्वयमा काम गरिराखेको हो । तालिमको प्रशिक्षण भूमे गाउँपालिकाका कृषि शाखाका कृषि सहायक प्राविधिक खिमबहादुर रोकायले सहजिकरण गरेका हुन । संस्थाको शाखा गत मंसिर महिनाबाट खाबाङमा स्थापना भएको हो । चार वर्ष सम्ममा भूमे गाउँपालिका वडा नम्बर २ भित्रका क्षेत्रमा मात्र काम गर्ने परिचालक मदन बुढाले जानकारी दिए । चार महिनाको अवधिमा समूह गठन, समस्याको पहिचान र गर्न सकिने समाधानको कार्य योजना तय गरि दुई ओटा खानेपानी योजना साढे दुई लाख र पाँच लाख बजेट बराबरका योजना निर्माण कार्य शुरु गरिएको छ ।
निशुल्क स्वास्थ्य सम्बन्धी दुई दिने तालिम र चार दिने कृषि तालिम गरिसकेको छ । चैत महिनामै पशुपालन सम्बन्धी तालिम संचालन गर्ने र गठित समूह बाहेक अरु व्यक्तिले सम्पर्क दिएमा उसलाई समेत निशुल्क तालिममा सहभागी गराउने कार्यालयले जनाएको छ । आज सहभागी सबैलाई उन्तजातका विभिन्न नौ ओटा पोकेटका तरकारी बीउ सहित सिंचाईको लागि हजारी र स्पेयर सामाग्री वितरण गरिएको थियो ।
