चौरजहारी महोत्सवको तयारी पूरा

Byआहा सञ्चार

२०७५ फाल्गुन ६, सोमबार ११:१२ गते

ज्ञानु गौतम
रुकुमको चौरजहारीमा हुन लागेको वृहत चौरजहारी महोत्सव २०७५ को सम्पूर्ण तयारी पूरा भएको आयोजक समितीले जनाएको छ । आईतबार रुकुम पश्चिमको चौरजहारीमा महोत्सवको मूल आयोजक समितीले पत्रकार सम्मेलन गरी यही फाल्गुण ७ देखि १७ गते सम्म हुन लागेको प्रथम चौरजहारी महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
कृषि प्राकृतिक सम्पदा कला संस्कृतिको संरक्षण, उद्योग व्यापार संगै पर्यटन प्रवद्र्धन हाम्रो अभियान, आत्मानिर्भर एकता र संवृद्ध नगरको निर्माण,चौरजहारी नगरवासिको पहिचान भन्ने मुल नाराका साथ चौरजहारी उद्योग वाणिज्य संघले आगामी फागुन ७ देखि १७ गते सम्म चौरजहारीमा महोत्सवको उद्घाटन गर्नका लागि फाल्गुण ७ गते नेपाल सरकारका बाणिज्य तथा आपूर्ती मन्त्री मात्रिका यादव आउने चौरजहारी उद्योग बाणिज्य संघकाका अध्यक्ष प्रेम सुनारले बताए ।
चौरजहारी नगरपालिकाका विभिन्न ऐतिहासिक कला साँस्कृति, धार्मिक एबं पर्यटकिय क्षेत्रहरुलाई चिनाउन तथा व्यापार व्यवसायमा टेवा पुर्याउने उद्धेश्यले महोत्सब आयोजना गरेको महोत्सब मुल आयोजक समारोह समितिका संयोजक एबं संघका उपाध्यक्ष यदुकुमार आचार्यको भनाई छ । महोत्सवको लागी आबश्यक प्रचारप्रसार व्यानर निर्माण, कलाकार छनौट, स्टलहरुको ब्यबस्थापन र सम्पूर्ण कार्य योजना सम्पन्न भएको छ ।
यी हुन् महोत्सवका आकर्षक ः
महोत्सवमा ख्याती प्राप्त कलाकारहरु मध्ये महानायक राजेश हमाल, बिराज भट्ट, मेलिना राई, कुलेन्द्र विश्वकर्मा, प्रकास सपुत, प्रिति आले, शान्ति श्री परियार, भुमिका गिरी, जीवन शर्मा, हेमन्त शर्मा, किरणवावु पुन, तिलक परियार, जय देवकोटा, अमित परियार, पुर्ण चन्द केसी, धनराज चनारा, रमेशराज भटटराई आउने संघका कोषाअध्यक्ष एबं सास्कृतिक संयोजक सन्तोष वलीले जानकारी दिए । त्यसैगरी हास्यकलाकार जिग्री पाण्डे, महादेव त्रिपाटी जादुगर, नायिका शुष्मा अधिकारी, पुजा परियार डान्सर कृति पाण्डे, सगुन थापा, अन्जली चन्द ठकुरी स्थानिय कलाकार विजय तिरुवा, भरत वि.क,लोकेन्द्र परियार अनिता वि.क र अभि सुनार लगायत बिभिन्न स्थानीय कलाकारहरुले आफ्नो बिशेष प्रस्तुति राख्ने उनले बताए ।
रुकुम, सल्यान, जाजरकोट लगाएतका बिभिन्न जिल्लाबाट गरी महोत्सवमा करीब ७० हजार दर्शक आउने अनुमान आयोजक समितीले गरेको छ । महोत्सवमा १ सय २० वटा स्टल रहने र सम्पूर्ण महोत्सव अबधिभर करीब ३ करोड बराबरको कारोबार हुने आयोजक समितीले जनाएको छ ।
टिकटमा बिशेष छुट ः
चौरजहारी उद्योग बाणिज्य संघको आयोजनामा हुन लागेको प्रथम बृहत चौरजहारी महोत्सवमा बृद्धबृद्धा अबस्थाका, अशक्त तथा बिद्यार्थीहरुलाई टिकटमा बिशेष छुट दिने चौरजहारी उद्योग बाणिज्य संघले बताएको छ । आयोजकले महोत्सव अबलोकनका लागि हरेक दर्शकहरुलाई टिकट शुल्क एक सय रुपैँया तोकेपनि बृद्धबृद्धा, अशक्त तथा बिद्यार्थीहरुका लागि ५० प्रतिशत छुट गर्ने भएको हो ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto