आहा सञ्चार संबाददाता
बिप्लव नेतृत्वको अखिल क्रान्तिकारी रुकुम पश्चिमको अध्यक्षमा सुरेन्द्र बस्नेत सर्बसम्मत अध्यक्ष निर्बाचित भएका छन । चौरजहारीमा भएको २५ औं जिल्ला सम्मेलन मार्फत बस्नेतको नेतृत्वमा २९ सदस्सीय जिल्ला कमिटि निर्माण भएको हो । शनिबार जिल्ला सदरमुकाम खलंगामा पत्रकार सम्मेलनको आयोजना गरि निर्बाचित पदाधिकारी र सदस्यहरुको नाम सहित चौंरजहारी घोषणापत्र सार्बजनिक गरिएको छ । जसअनुसार संगठनको उपाध्यक्षमा प्रेम प्रशान्त बोहरा, सह हरि पुन, सहसचिबमा बसन्त चन्द र कोषाध्यक्षमा सोमपाल कामी रहेका छन । सम्मेलनबाट जारी गरिएको चौरजहारी घोषणापत्रमा जिल्लाका शैक्षिक माफिया बिरुद्ध ढटेर सामाना गर्ने घोषणा गरिएको छ । मिडास, समता स्कुल र नीजि बिद्यालयहरु चल्न नदिने पनि उनीहरुको घोषणा पत्रमा समेटिएको छ । कार्यक्रममा संगठनका केन्द्रिय सदस्य दिपक बिष्ट र नेकपा रुकुम पूर्वका सेक्रेटरी नरेन्द्र बिकको पनि उपस्थित रहेको थियो ।
फेसबुक प्रतिक्रियाहरु