१२ किलो लागुऔषध सहित २ जना पक्राउ

Byआहा सञ्चार

२०७५ फाल्गुन ४, शनिबार १४:४० गते

मेगराज खड्का
रुकुम
रुकुम पश्चिममा अबैध लागुऔषध सहित २ जना पक्राउ परेका छन । १२ किलो अफिम र चरेस सहित उनीहरुलाई प्रहरीले जिल्लाको आठबिसकोट नगरपालिका ४ अनाहबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा जाजरकोट त्रिबेणी नलगाड नगरपालिका १३, का ४२ बर्षिय धनबहादुर मल्ल र वडा नम्बर १२ का ३० बर्षिय चन्द्रबहादुर शाही रहेका छन ।
उनीहरु आठबिसकोटबाट डोल्पातर्फ जादै थिए । उनीहरुको साथबाट ७ किलो चरेस र ५ केजि अफिम सगै ५० हजार नगद बरामत गरेर गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख सुमित खड्काले जानकारी दिए । उनका अनुसार उनीहरुलाई जिल्ला अदालत रुकुम पश्चिमबाट ६ दिनको म्याद थपेर अनुसन्धान भैरहेको र कानुन अनुसार कारबाही हुनेछ । यसैबिच जुवातास खेलेको अभियोगमा ७ जना पनि पक्राउ गरि सार्बजनिक गरिएको छ ।
रुकुम पश्चिम मुसिकोट नगरपालिका १, सल्लेमा अबैध रुपमा जुवातास खेलिरहेको गोप्य सुचना पछि प्रहरीले खानतलासी गर्दा १४ हजार नगद र तास सहित उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुलाई सार्बजनिक हित, स्वास्थ्य, सुरक्षा, सुबिधा, नैतिकता बिरुद्ध मुद्धामा जिल्ल्ला प्रशासन कार्यालय रुकुम पश्चिमबाट १० दिनको म्याद थप गरि अनुसन्धान भैरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto