जयमान बुढा मगर
रुकुम पूर्वमा फेरि पनि शनिबार राती हिमपात भएको छ । बिहिबार राती देखि शुक्रबार सम्ममा लेक बाहेक अरु ठाउँमा पानी दिनरात परेको थियो । हिमपातले गर्दा जनजीवन प्रभावित भएको छ । यस वर्षमै तीन चार पटक बाक्लो हिउँ परेको छ । पुसको २४,२५ गते र माघ १० देखि १३ गते सम्म हिमपात भएको थियो । उक्त दिन देखि हिउँ तथा पानी नपरेको बेला पनि मौसम नखुलेको कारण अत्यादिक चिसो रहिआएको छ ।

लेक तथा घाम नपर्ने ठाउँमा पहिले परेको हिउँ अझै पनि जस्ताकै त्यस्तै सेताम्या रहेको छ । लेक देखि बेसि सम्ममा करिब तीन फिट देखि सम्ममा परेको थियो । घाम हुने ठाउँमा बिलाइ सके पनि चिसोले सताउने गरिराखेको भूमे गाउँपालिका २( गाबाङका जुनकुमार रोकाले बताए । पुथा उत्तरगंगा गाउँपालिका, भूमे गाउँपालिका र सिस्ने गाउँपालिका यी तीन स्थानीय तहले बनेको जिल्ला हो । यी तीन स्थानीय तहमै हिमपात भएको छ । पुथा र भूमेका सबै वडामै र सिस्नेको केही वडामा अत्यादिक मात्रामा हिउँ पर्ने जिल्ला समन्वय समितिका सदस्य धनिमान बुढा ताराले बताए । किसान भने बाली सप्रिने आशाले खुसी भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto