डिल्लीबहादुर खत्री
चौरजहारी
रुकुम पश्चिम चौरजहारी नगरपालिकाको एक बिद्यालयमा गुनासो पेटीका स्थापना गरिएको छ । आधारभुत बिद्यालय मानाकोटमा गुनासो पेटीका स्थापना गरिएको हो । सेवाग्राही तथा अभिभावकको गुणासो बिद्यालय प्रशासनसम्म सजिलै र्पुयाउनको लागि गुणासो पेटिका स्थापना गरिएको हो । जनप्रतिनिधि , बिद्यालय व्यवस्थापन समिति , विद्यालय प्रशासनको रोहबरमा गुणासो पेटिका स्थापना गरिएको हो । ‘गुणासो पेटीकामा संकलन भएका गुणासोलाई प्रत्येक महिनाको २५ गते खोल्छौँ’ बिद्यालय सहजकर्ता निराजन केसीले भने, ‘गुनासो समस्या समाधानको लागि सबै पक्षसँग छलफल गरेर सामाधान गर्छाैं । अभिभावकले बिद्यालय सम्बन्धिका गुनासो मात्रै गर्थे सम्बन्धित निकायसम्म पुग्दैन्थ्यो अब भने त्यस्तो समस्या हुने छैन् ।’ अब अभिभावकले गुणासो पेटिकामा गुनासो राखेपछि सम्बन्धित निकायमा गुनासो समाधानको लागि पहल गरिनेछ । गुनासो पेटिका स्थापना पश्चात् बिद्यालय सम्बन्धिका गुनासो गर्न सजिलो हुने विश्वास लिइएको छ ।
