विद्यालयमा सहयोग

Byआहा सञ्चार

२०७५ माघ १९, शनिबार १६:०९

जयमान बुढा मग
रुकुम पूर्व एक विद्यालयमा व्यक्तिद्वारा भौतिक निर्माणका लागि रकम तथा सामाग्री सहयोग गरेका छन् । भूमे गाउँपालिका वडा नम्बर ३ सहिद शुक्र माध्यामिक विद्यालय सीमामा सहयोग गरेका हुन् । स्टेज (प्याराफिट) निर्माण र टेवुलटेनिस कोर्द निर्माणको लागि भूतपूर्व विद्यार्थीले रकम सहयोग गरेकोे प्राध्यानाध्यापक झुल प्रसाद गुरुङले बताउनुभयो । भौतिक निर्माणको लागि सहयोग रकम अहिले सम्ममा भूतपूर्व विद्यार्थी भूमे ३ सीमाका हाल बेलायतबाट हुसियार पुनले ७० हजार, लिला प्रसाद पुन हाल बेलायतबाट ५० हजार त्यसैगरि अमेरिकाबाट राजबहादुर पुनले ५० हजार र अमेरिकाबाट नै राजकुमार पुनले ५० हजार रकम सहयोग गरिदिनु भएकोे प्रअ गुरुङले जानकारी दिनुभयो । ‘विद्यालयका विविध कार्याक्रम गर्दा स्टेज नहुदा कार्यक्रम प्रभावकारी नभएकोले र विद्यार्थीबाट टेवुलटेनिस कोर्दको माग आए पछि सरोकारवालासंग माग पेश गर्दा सहयोग अनुदान नपरे पछि उहाँहरुले विद्यालयमा सहयोग गर्नुभएको हो,’ प्रअले भन्नु भयो, ‘त्यसैगरि भूतपूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र पुनले प्रत्येक कक्षाकोठामा १५ हजार बराबरको भित्ते घडी सहयोग गर्नुभयो । अझै पनि यहाँका आप्रवासीले सहयोग गर्ने प्रतिवद्धता जनाई राखेको प्रअ गुरुङले जानकारी दिनुभयो ।’
विद्यालयमा विविध भौतिक निर्माणको समस्या विद्यालयले जनाए पछि हामीले हाम्रो विद्यालयलाई आफुले सकेको केहि सहयोग गरेको भूतपूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र पुनले बताउनुभयो । ‘समयको महत्त्व तथा सहि समयको सदुपयोग गर्ने व्यवहारको बानी विद्यार्थीमा सिकाई होस् भनि सहिद मेरो काका हर्कु पुनको नाममा भित्त घडी सहयोग गरेको पुनले भन्नु भो,’ हामीले विद्यालयको चासो नर्दा नै हामी शिक्षा क्षेत्रमा पछाडि परेका हौँ । सबैको ध्यान र समस्याको समाधानमा लगानी ग¥यौभने भावी पुस्टामा चेतनाको विकास हुने पुनले बताउनुभयो ।
उक्त विद्यालयमा बालविकास देखि कक्षा १२ सम्म पदाई भैराखेको छ । छात्र १ सय ३६ जना र छात्रा १ सय ७१ जना गरी ३ सय ७ जना विद्यार्थी रहेका छन् । यस विद्यालयमा फिल्ड, प्रतिक्षलय, सरस्वती मन्दिर, इलाइब्रेरी, कक्षा ११ र १२ को परिक्षा कक्षा कोठा अपुग र पक्की गेरबार जस्ता समस्या विद्यालयले दर्सायको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto