मेगराज खड्का
रुकुमका एक युवाले बिश्व जगतमै कृतिमान हुने मिस्टर मोडल अफ द वल्ड जितेको ६ महिना बितिसक्दा पनि रुकुममा भने खासै चर्चा छैन । गएको भदौमा म्यानमारमा सम्पन्न मिस्टर मोडल अफ द वल्र्ड २०१८ को उपाधि नेपाली मोडल दिक्पाल कार्कीले हात पारेका थिए । ९ प्रतिस्पर्धीहरुलाई पछि पार्दै कार्कीले मिस्टर मोडल अफ द वल्र्ड–२०१८ को टाइटल जितेका हुन् । उनले तीनवटा टाइटल पनि जितेका छन् । मिस्टर किंग अफ क्याटवाक, मिस्टर मोडल चान लोन बेष्ट हेयर र मिस्टर मोडल बेष्ट इन फर्मल वेयरको टाइटल पनि उनले जिते ।

यसअघि पनि थुप्रै उपाधी
थाइल्याण्डमा भएको मिस्टर ग्लोबल र फिलिपिन्समा भएको मिस्टर ग्राण्ड इन्टरनेशनलमा सहभागी भइसकेका कार्कीले विभिन्न अन्तराष्ट्रिय ब्राण्डहरुमा समेत मोडलिङ गरिसकेका छन् । दिक्पालले मिस्टर ग्राण्ड इन्टरनेशनल २०१७ मा सोसल मिडिया स्टार र पब्लिक च्वाइस अवार्ड जितेका थिए । त्यस्तै थाइल्याण्डमा भएको मिस्टर ग्लोबलमा उनी छैठौं भएका थिए । कोरियन क्लोथिङ ब्राण्ड ब्लायकयाकका लागि चर्चित कोरियन मोडल जो इनसँग मोडलिङ गरेका दिक्पालले ब्रागेइस ब्राण्डको जुत्ताका लागि समेत मोडलिङ गरेका थिए । मिस्टर ग्राण्ड नेपाल २०१७ का विजेता दिक्पालले मिस्टर वल्र्ड नेपाल–२०१७ को कोरियोग्राफी गरेका थिए ।

द ड्रिम सर्च एजेन्सीले दिक्पाललाई नेपालको प्रतिनिधित्व गराउनका लागि छानेको थियो । सन् २००९ देखि मोडलिङ सुरु गरेका ६ फिट अग्ला मोडल दिक्पालले नेपालमा विभिन्न चर्चित शोहरुमा भाग लिइसकेका छन् । भेटेनरी डाक्टरसमेत रहेका दिक्पालले एकसय भन्दा धेरै म्युजिक भिडियो र दुईवटा चलचित्रमा समेत अभिनय गरेका छन् ।

को हुन दिक्पाल
दिक्पाल रुकुमेली छोरा हुन जसले बिश्वमा रुकुमको मात्र होईन नेपालको शिर ठाडो पारे । रुकुम पश्चिमको चौरजहारी नगरपालिका स्थित चौरजहारी बजारमै जन्मिएका उनी हाल मोडलिङ सम्बन्धी बिभिन्न कामका क्रममा राजधानी काठमाण्डौमा नै बस्छन । रुकुम पश्चिमको चौरजहारी स्थित बिजश्वरी बोडिङ स्कुलमा प्रथामिक तहको पढाई गरेका दिक्पाल पछि परिवारसगै नेपालगञ्ज गएका थिए । हाल उनको परिवार नेपालगञ्ज बस्छन तर उनको केहि पुर्खेउली सम्पति अझपनि चौरजहारी पनि छ । ‘रुकुम शब्द सन्दा माया लाग्छ, मलाई जसरी बिश्व जगतमा मिस्टरको उपाधि हाँसिल गर्ने अवसर मिल्यो त्यो रुकुमेली माटोको कारण पनि हो’ आहासञ्चार संग टेलिफोनमा कुरा गर्दै उनले भने, ‘म छिटै रुकुममा आउछै छु, आफ्नो जन्मभूमिको माया लागेको छ । मिस्टर वल्डको सन्देश कोशेली स्वरुप लिएर म आउदै छु।’ अध्ययनको हिसाबले भेटनरी डाक्टरको समेत शिक्षा हाँसिल गरेका दिक्पाल रुची भने मोडलिङमै छ ।

मिस वल्र्डलाई चर्चा र सम्मान, मिस्टर वल्र्डलाई सम्मान भएन
हालै मिस वल्र्डमा नेपालको तर्फबाट भाग लिएर केहि टाईटल मात्र जीतेकी श्रंखला खतिवडालाई ठुलो सम्मान र चर्चा भएपनि जुन युवा मिस्टर वल्र्ड भए उनको चर्चा र सम्मान कुनै नभएको गुणासो समेत सामाजिक संजालमा देखिएको छ । रुकुम स्थित स्थानीय सरकार देखि प्रदेश सरकार र संघिय सरकारले नै दिक्पालको कामलाई सम्मान र उत्साहित गर्न चुकेको समेत बताएका छन । पत्रकार अरुणा राइमाझीले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै दिक्पाललाई बिश्वले चिनेपनि रुकुम अनी नेपालले चिन्न नसकेको गुणासो गरेकी छिन । उनले स्टाटस लेख्दै भनेकी छिन, ‘रुकुम जिल्लामा जन्मिएका यी युवालाई संसारले चिन्यो । तर, आफ्नो मुलुकले चिनेनन् । उनले अन्तराष्ट्रिय उपाधी जितेर नेपाल ल्याएको पनि चार महिना भयो ! राज्यलाई मतलव छैन । तर, कोही प्रतियोगितामा गएर रित्तैहात आए उनीहरूलाई प्रधानमन्त्रीले सम्मान गर्नुहुन्छ । राजनीति पहुँच नभएका मिस्टर मोडल अफ द बल्र्ड २०१८ बिजेता दिक्पाल कार्की !!’

दर्जनौं फिल्म तथा गीतमा अभिनय

उनले नेपालको फिल्म क्षेत्रमा दर्जनौं गीत तथा फिल्ममा खेलिसकेका छन । युट्युवमा उनको नाम सर्च गर्दा धेरै गीतहरु भेटिन्छन । जहाँ उनले मोडलको रुपमा अभिनय गरेका छन । हेर्नुहोस एउटा उनले मुख्य नायकको रुपमा अभिनय गरेको फिल्म च्याम्पिएन ।

त्यस्तै उनले दजनौं गीतहरुमा पनि मोडलिगं गरिसकको छन । हेर्नुहोस एउटा प्रतिनीधि अभिनय ।

हेर्नुहोस उनी मिस्टर वल्र्ड घोषणा हुदाको लाईभ भिडियो

उनीबारे थप जानकारी लिन हेर्नुहोस उनको एक टेलिभिजन बायोग्राफी

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto