आहा सञ्चार संबाददाता
नेपाल पत्रकार महासंघ महिला समितिको आयोजनामा सातै प्रदेश तथा जिल्ला शाखाका महिला उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन आगामी माघ १६ र १७ गते चितवनमा हुने भएको छ । सो सम्मेलनमा पत्रकार महासंघका केन्द्रका पूर्व सदस्य, पदाधिकारी लगाएतका महिला पत्रकारलाई सम्मान समेत गरिने कार्यक्रम रहेकोे छ । महिला पत्रकार सँग सरोकार राख्ने महिला पत्रकारका विभिन्न मुद्धामा केन्द्रित रहने उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा सक्रिय महिला पत्रकारहरुको समेत सहभागिता हुने भएको छ । पश्चिम चितवनको पर्यटकीय क्षेत्र पटिहानीमा हुने सम्मेलनमा देशभरबाट तीन सयको हारहारीमा पत्रकार महिलाको सहभागी हुने नेपाल पत्रकार महासंघ सचिव तथा महिला समितिकी संयोजक लक्ष्मी पुनले जानकारी दिईन । भेलालाई सफल पार्नका लागि चितवन शाखा कार्यसमितिमा जिम्मेवारी विभाजन गरी काम अघि बढाइएको शाखाका अध्यक्ष राधेश्याम खतिवडाले बताएका छन् । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो भेलाको उद्घाटन गर्ने कार्यक्रम छ ।
