गायिका सिर्जना कार्कीको ‘कान्छा’ बोलको मारुनी गीतको म्युजिक भिडियो युटुबमार्फत सार्वजनिक गरिएको छ । प्रत्येक गीतमा फरक स्वाद पस्केर आफुलाई अब्वल गाायिकाको रुपमा प्रमाणित गर्न चाहने गायिकाले यसपटक वैदेशिक रोजगारमा गएका मायालुको सम्झना विषयबस्तुमा आधारित भएर गीत तथा म्यूजिक भिडियो तयार गरेकी हुन । यस अघी उनले ’धेरै धेरै’ ’मनको राजा’ ‘माया’ तथा ’रोजेको मैले’ लगायत सुमधुर गीतबाट श्रोताको अत्याधिक माया पाएकी गायिका कार्कीले यो म्यूजिक भिडियो आफ्नै युटुब च्यानल सिर्जना कार्की मार्फत सार्वजनिक गरेकी हुन ।

हेर्नुहोस यस्तो छ गीत

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto