जयमान बुढा मगर
रोल्पाको थबाङ गाउँपालिकामा सोमबार प्रथम थबाङ गाउँपालिका कप समापन गरिएकोे छ । थबाङ गाउँपालिकाको आयोजनामा प्रथम थबाङ गाउँपालिका कप तथा माघे संक्रान्ति मेला प्रतियोगीता आयोजित गरिएको थियो ।
थबाङ गाउँपालिकाको पर्यटन तथा संस्कृतिलाई विकास गर्ने उद्देश्यले उक्त कार्याक्रमको आयोजना गरेको थबाङ गाउँपालिकाका अध्यक्ष विरबहादुर घर्तीले बताउनुभयो । माघे संक्रान्ति पर्वको अवसरमा विविध कार्यक्रम मार्फत यहाँको कला संस्कृतिलाई कार्यक्रमको माध्यमबाट प्रचार प्रसार गरेर पर्यटन प्रवद्र्धनको स्तरउन्ती गर्नेमा सहयोग हुने गाउँपालिकाका अध्यक्ष घर्तीले जानकारी दिनुभयो ।
हामी सबैको दायित्व, संस्कृति पर्यटनमा स्थायित्व भन्ने मुल नाराका साथ विविध कार्यक्रम आयोजना गरेको थियो । गाउँपालिका तथा नगरपालिका स्तरीय पुरुष तथा महिला भलिबल, तारो हान्ने, लोकदोहरी, मगर खाम भाषा कविता, प्रम्परागत मगर भेषभुषा प्रर्दशनी त्यसैगरि सामूहिक तथा एकल नृत्य, स्याम्भो, सालै जो र फाङक गीत लगायतको प्रतियोगीता आयोजना गरिएकोमा हिजो पुरस्कार वितरण गरिएको थबाङ गाउँपालिकाका सूचना अधिकारी भिमशेन बुढा मगरले बताउनुभयो ।
पुरुष भलिबल प्रतियोगीतामा सुनिलस्मृति गाउँपालिका रोल्पा प्रथम, रोल्पा नगरपालिका दोस्रो, भूमे गाउँपालिका रुकुम पूर्व तेस्रो र थबाङ गाउँपालिका रोल्पा सान्त्वना भएका हुन् । त्यसैगरि महिला भलिबल तर्फ थबाङ गाउँपालिका रोल्पा प्रथम, पविर्तन गाउँपालिका रोल्पा दोस्रो, भूमे गाउँपालिका रुकुम पूर्व तेस्रो र सुनछहारी गाउँपालिका रोल्पा सान्त्वना स्थान हासिल गरेका छन् । पुरस्कार राशि महिला तथा पुरुषलाई समान रहेको थियो क्रमश ः प्रथमलाई नगत १ लाख ५० हजार सहित कप मेडल प्रमाण पत्र, दोस्रोलाई नगत १ लाख मेडल प्रमाण पत्र, तेस्रोलाई नगत ७५ हजार मेडल प्रमाण पत्र र सान्त्वनालाई नगत ५० हजार मेडल प्रमाण पत्र रहेको थियो ।
त्यसैगरि तारो हाने प्रतियोगीतामा जित बहादुर बुढा प्रथम, सुर्जु रोका दोस्रो, जोखबहादुर बुढा तेस्रो र मुल्य झाँक्री मगर सान्त्वना स्थान हासिल गरेका थिए । जसको पुरस्कार क्रमश ः १० हजार, ७ हजार ५ सय, ५ हजार र ३ हजार सहित मेडल प्रमाण पत्र रहेको थियो । अन्य प्रतियोगीतामा स्थान हासिल गर्ने प्रतियोगीलाई पनि उचित पुरस्कार वितरण गरिएको आयोजकले जानकारी दिएको हो ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto