जयमान बुढा मगर
रुकुम पूर्व भूमे गाउँपालिकाले भूमेका विद्यालयलाई प्रविधिमैत्री बनाउदै छ । १ देखि ५ कक्षा सम्म १७ ओटा, १ देखि ८ कक्षा सम्म ९ ओटा, १ देखि १० कक्षा सम्म ३ ओटा र १ देखि १२ कक्षा सम्मका ४ ओटा विद्यालय गरी भूमेमा जम्मा ३३ ओटा विद्यालय रहेका छन् । जस मध्यमा १ देखि १२ कक्षा सम्मका सञ्चालित विद्यालयका शिक्षक तथा कर्मचारीलाई पालिकाले डिजिटल हाजिरीको सेवा दिएको हो । गत बैसाखको गाउँ कार्यापालिकाको बैठकले उक्त सेवा दिने निर्णय गरी अहिले १ कक्षा देखि १२ सम्मका चार माध्यामिक विद्यालयमा डिजिटल हाजिरी सेवा दिएको भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताउनुभयो । ‘गत भदौ देखि जडान गर्न दिएकोमा अहिले सम्ममा मावि महत्त, मावि चुन्बाङ, मावि सीमामा जडान गरी सञ्चालनमा लिएका छन् र मावि लुकुमले सञ्चालनमा लिएको छैन्न् अध्यक्ष बुढाले भन्नु भो,’ अब विद्यालयलाई प्रविधिमैत्री बनाउदै छौँ अध्यक्ष बुढाको भनाई रहेको छ । विद्यालयमा शिक्षकलाई व्यवस्थित गर्ने, विद्यार्थीलाई पदाईमा रुचि बृद्धि गर्नुका साथै सूचना तथा प्रविधिमैत्री बनाएर शिक्षालाई गुणस्तरीय विद्यालय निर्माण गर्ने उद्देश्यले विद्यालयमा उक्त लगानी गरिराखेको अध्यक्ष बुढाले जानकारी दिनुभयो । जडान गर्ने प्राविधि नभएकोले अहिले सम्म डिजिटल हाजिरी सञ्चालनमा ल्याउन नसकेको मावि लुकुमका प्रअ रामबहादुर घर्तीले बताउनुभयो । यसै महिना भित्र सञ्चालनमा ल्याउने प्रअ घर्तीले जनाउनुभयो ।
त्यसैगरि कम्प्युटर ल्याप, ईलाइब्रेरी र बालविकास कक्षामा डिजिटल पदाईको व्यवस्थाको प्रारम्भ गरी सकेको छ । भूमे ६ मावि महत्त, भूमे ७ आधारभूत विद्यालय धर्मशाला, भूमे ३ आधारभूत विद्यालय क्याङ्सी, भूमे ४ मावि काँडा, भूमे ९ मावि चुन्बाङ र भूमे ८ मावि कुचिबाङ, मावि सिमखोला यी विद्यालयमा विद्यार्थीको संख्या र आवश्यताको आधारमा कम्प्युटर ल्याप तथा ईलाइब्रेरीको व्यवस्था पालिकाले गरिदिएको छ । भूमे २ मावि काँक्री, भूमे ३ आधारभूत विद्यालय झुम्लाबाङ, भूमे ५ आधारभूत विद्यालय सेराबाङ र भूमे ७ आधारभूत विद्यालय गुनाम यी विद्यालयका बालविकास कक्षामा बालबालिकालाई डिजिटल पदाईको लागि १÷१ ओटा कम्प्युटर सहित आवश्यक सामाग्री दिएको छ ।
विद्यालयमा डिजिटल हाजिर, ईलाइब्रेरी असोजमा र फ्रि वाइफाई मंसिरबाट जडान गरी सञ्चालनमा लिएको मावि महत्तका प्राध्यानाध्यापक चन्द्र बहादुर बुढाले बताउनुभयो । डिजिटल हाजिरीले शिक्षक तथा कर्मचारीलाई नियमित बनाएको छ । डिजिटल हाजिरीमा आए÷गएको समय स्पष्ट उल्लेख हुन्छ त्यसैले हामी शिक्षक– कर्मचारीलाई समयको सेकेन्ड नियमले अनुशासनमा बाधेँको प्रअ बुढाले जानकारी दिनुभयो । त्यसैगरि मावि सीमाका प्रअ झुल प्रसाद गुरुङले ग्रामिण विद्यालयमा आधुनिक प्रविधिबाट पाठनपठन गर्न पाउदा खुसी व्यक्त गर्नु भो । ‘सीमामा ईलाइब्रेरी जडान गरिदिएको छैन्न् विद्यालयमा फ्रि वाईफाई भन्ने जडान भएको छ ।’ प्रविधिमुलक शिक्षा विद्यार्थीले पाइराखेको विद्यालयले जनाएका छन् ।
१ देखि १२ सम्मका सञ्चालित विद्यालयमा डिजिटल हाजिरी सेवा गरिएको छ । क्रमश १–१० सम्म, १–८ सम्म र १–५ सम्मका विद्यालयमा डिजिटल हाजिरीको सेवा सञ्चालन दिने भूमे गाउँकालिकाले जनाएको हो । डिजिटल हाजिरी साथै ईलाइब्रेरी तथा बालविकास कक्षाका लागि डिजिटल पदाई प्रविधिको विकास गरिने पालिकाले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु