जयमान बुढा मगर
रुकुम पूर्व तथा रोल्पाका ठाउँमा नचारु तथा ढङ्गे नाच मेला तथा भेटघाट समयमा उक्त नाच प्रदर्शन भव्य गर्ने गर्दछन् । विशेष गरी दसँै, तिहार, माघे संक्रान्ति तथा चैते दसँै लगायत चाड पर्वको मेला मौकामा नाच प्रस्तुती गर्ने गरेका हुन् । माघे संक्रान्तिको अवसरमा विभिन्न ठाउँमा नाच प्रदर्शनी गरेका छन् । माघे संक्रान्तिको अवसरमा नाचसंगै विविध कार्याक्रम तथा प्रतियोगीताको आयोजना गरेर मनाउने चल्न चल्ती रहेको छ । माघे संक्रान्तिकै अवसर पारी रोल्पाको थबाङ गाउँपालिकाले विभिन्न कार्याक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा स्थान हासिल गर्ने प्रतियोगीलाई पालिकाले उचित पुरस्कारको व्यवस्था गरेको छ । प्रथम थबाङ गाउँपालिका कपको उद्घाटन माघ ३ गते नेपाल सरकारका ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा मन्त्री पुनसंगै पूर्व सभामुख तथा प्रतिनिधि सभाका सदस्य ओनसरी घर्ती प्रदेश नम्बर ५ का संसद तथा रुकुम पूर्व र रोल्पा जिल्लाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेकोमा स्थानीयले परम्परागत झाकीको प्रदर्शनी गरेका थिए ।
रुकुम पूर्व भूमे गाउँपालिका वडा नम्बर ३ क्याङ्सी नचारु तथा ढङ्गे नाचका समूहलाई सम्मान गरिएको छ । शुक्रबार एक कार्याक्रमका बिचमा सम्मान गरिएको हो । नाच समूहलाई स्थानीय गाउँले तथा व्यक्तिगत रुपमा सम्मान गरेका छन् । परम्परागत लोप उन्मुख नचारु तथा ढङ्गे नाच समूह क्याङसीले गत मंसिरको २६ गते देखि विभिन्न जिल्ला र गाउँमा गएर आफ्नो नाच प्रदर्शनी गरेका थिए । नचारु तथा ढङ्गे समूहले विभिन्न ठाउँमा आफ्नो गाउँको कला तथा संस्कृतिलाई प्रस्तुत गर्नमा सफल भएकोमा क्याङ्सी गाउँ र एक स्वास्थ्य कर्मिले सम्मान गरेका हुन् । भूमे गाउँपालिका २ काँक्री स्वास्थ्य चौकीका सह–इन्चार्ज तिलक बहादुर रोका मगरले आफ्नो व्यक्तिगत रुपमा सम्मान गरेका छन । ३० जना रहेका नचारु तथा ढङ्गे समूहलाई प्रतिव्यक्ति पगरी, अविर र फूलमालाले हौसला स्वरुप सम्मान गरिएको हो । परम्परागत कला, संस्कृतिलाई संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले पुरानो तथा मौलिक संस्कृतिलाई युवा पुस्टाले कलाको ग्रहण गर्नमा सहयोग पुगेकोले संरक्षण तथा कलाको विकास गर्नमा ऊर्जा मिलोस भनि समूहका प्रतिभालाई सम्मान गरेको रोकाले जानकारी दिए । पुराना मौलिक कला संस्कृतिलाई जोगाई राख्ने कार्यमा स्थानीय लागेमा संस्कृतिमा प्रयोग गरिने पोसाक तथा सामाग्री र कला प्रदर्शनीको फोटो फिचर संरक्षण गर्ने कार्यमा सहयोग गर्ने रोकाले बताए ।
स्थानीय कला संस्कृतिलाई विकास र प्रवर्धन गर्ने उद्देश्यमा यसै आर्थिक वर्षमा वडाबाट जनजाती संस्कृति तथा भेषभुषा संरक्षण क्याङ्सी शिर्षकमा बजेट छुत्याइएको भूमे ३ का वडा अध्यक्ष दिलमान रोकाले बताए । उक्त रकम १ लाख ९५ हजार रकम वियोजन गरेकोमा परम्परागत लोप उन्मुख नचारु तथा ढङ्गे नाचको पोसाक खरिद गरिएको वडा अध्यक्ष रोकाले जानकारी दिए । पुराना मौलिक कला संस्कृतिलाई संरक्षण गरेर पर्यटनमा विकास गर्ने उनको भनाई छ ।
सत्य जुगमा गुरु गोर्खनाथले दैत्ते राक्षसलाई मारण नसके पछि नचारु तथा ढङ्गेको पोसाक सजिदा गुरु गोर्खनाथलाई शक्ति प्राप्त भएर मारणमा शक्ति प्रदान भएकोको नचारु तथा ढङ्गे नाच समूहका गुरु धर्मबहादुर रोका मगरले बताए । ‘गाउँमा राक्षसबाट हुने रोग तथा व्यथालाई शान्त पार्न गुरु गोर्खनाथलाई पुकारी विभिन्न खालका देवीलाई शान्त यस नाचबाट हुने र गाउँलाई सुरक्षा मिल्ने विस्वास लिन्छौँ ।’ विभिन्न ठाउँमा गएर नाच प्रदर्शन गरेमा उक्त ठाउँका मान्छेलाई पनि सुरक्षा प्रदान हुने भएको कारणले सके सम्म सबै छिमेकी गाउँमा गएर नाच प्रस्तुत गर्ने गरेको समूहका गुरु रोकाको भनाई रहेको छ ।
मंसिर २६ गते देखि भूमे गाउँपालिकाको कार्यालयबाट सुरु गरेर भूमे २ काँक्री, भूमे १ लुकुम, पुथा उत्तरगंगा गाउँपालिकाको माथिल्लो सेरा, तकसेरा त्यसैगरि बाछिगाउँ, कोल, राङ्सी, दाङ जिल्ला, रोल्पाको थबाङ, भूमे ६ महत्त र भूमे ३ सीमा ठाउँमा आफ्ना नाच प्रस्तुत गरेका थिए । विभिन्न ठाउमा गएर नाच प्रदर्शनीको प्रभावले र विभिन्न देवीलाई खुसी पार्नको निम्ति आफु खुसी व्यक्तिले दक्षिणा दिने गर्दछन् । ९ लाख १५ हजार ४ सय १५ रुपयाँ रकम संकलन भएको समूहका पुन बहादुर रोकाले बताए । जस मध्यमा खर्च २ लाख ७१ हजार ३ सय १५ रुपयाँ र सामाग्री खरिदमा २ लाख १३ हजार ४ सय गरी जम्मा खर्च ४ लाख ८४ हजार ७ सय १५ रुपयाँ भएको र बाँकी ४ लाख ३० हजार ७ सय रुपयाँ बचत रहेको रोकाले जानकारी दिए । बचत रकमलाई संस्कृति कार्यमा लगानी गर्ने समूहले जनाएको छ । नाच सकिएको छन् । अहिले पुन ः गाउँमा आएर नाच प्रदर्शन गरिराखेका छन् । समापनका दिनमा विभिन्न देवीको नाममा पूजापात गरेर नाचको समापन्न गर्ने गर्दछन् ।
