जयमान बुढा मगर
रोल्पाको थबाङ गाउँपालिकामा संचालित प्रथम थबाङ गाउँपालिका कप तथा माघी मेलामा रुकुम पूर्ब भूमे गाउँपालिकाको ढेङगे नाच चर्चामा रहेको छ । मगर समुदाय भित्रको पुरानो नाच नयाँ पुस्ताहरुको लागि लोकप्रिय र आश्चार्य बनेको हो । कार्यक्रमको उद्घाटन ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले गरेका थिए ।
हामी सबैको दायित्व, संस्कृति पर्यटनमा स्थायित्व भन्ने मुल नाराका साथ शुरु कार्यक्रममा गाउँपालिका तथा नगरपालिका स्तरीय पुरुष तथा महिला भलिबल, तारो हान्ने, लोकदोहरी, मगर खाम भाषा कविता, प्रम्परागत मगर भेषभुषा प्रर्दशनी त्यसैगरि सामूहिक तथा एकल नृत्य, स्याम्भो, सालै जो र फाङक गीत लगायतको प्रतियोगीता आयोजना गरिएको थबाङ गाउँपालिकाका सूचना अधिकारी भिमशेन बुढा मगरले बताए । हेर्नुहोस केहि तस्बिरहरु ।
फेसबुक प्रतिक्रियाहरु