आहा सञ्चार संबाददाता
रोल्पाको थबाङ गाउँपालिकामा प्रथम थबाङ गाउँपालिका कप उद्घाटन भएको छ । थबाङ गाउँपालिकाको आयोजनामा प्रथम थबाङ गाउँपालिका कप प्रतियोगीताको उद्घाटन नेपाल सरकारका ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रममा बोल्दै उर्जामन्त्री पुनले नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक मुलुक भएकाले यसको विविधतासँगै धार्मिक तथा सांस्कृतिक आदान प्रदानले पर्यटन प्रवद्र्धनमा भूमिका खेल्ने बताए । जिल्लाका सबै वडामा विद्युत् विस्तार गर्ने गरी चालू आर्थिक वर्षमा रु २९ करोडको बोलपत्र भइसकेको र थप रु ३२ करोडकोसमेत बोलपत्र गर्ने गरी प्रक्रिया अगाडि बढाइएको जानकारी गराए । जिल्लामा यातायात, सञ्चारजस्ता क्षेत्रको विकास तीव्र गतिमा भइरहेको बताउँदै विद्युत्लाई समेत सँगसँगै जोड्न जरुरी रहेको मन्त्री पुनको भनाइ थियो । रोजगारी ग्यारेन्टी ऐन पारित भएकोले बेरोजगारको अन्त्य हुने जानकारी गराउदै सहिदमार्गको होलेरी घर्तीगाउ तत्काल कालेपत्रे थालिने समेत बताए ।
