जयमान बुढा मगर
रोल्पाको थबाङ गाउँपालिकामा भोलि प्रथम थबाङ गाउँपालिका कप उद्घाटन हुँदै छ । थबाङ गाउँपालिकाको आयोजनामा प्रथम थबाङ गाउँपालिका कप प्रतियोगीता आयोजित गरिएको हो । उक्त उद्घाटन कार्याक्रम नेपाल सरकारका ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
थबाङ गाउँपालिकाको पर्यटन तथा संस्कृतिलाई विकास गर्ने उद्देश्यले उक्त कार्याक्रमको आयोजना गरेको थबाङ गाउँपालिकाका अध्यक्ष विरबहादुर घर्तीले बताए । माघे संक्रान्ति पर्वको अवसरमा विविध कार्यक्रम मार्फत स्थानीय कला संस्कृतिलाई कार्यक्रमको माध्यमबाट प्रचार प्रसार गरेर पर्यटन प्रवद्र्धनको स्तरउन्ती गर्नेमा सहयोग हुने गाउँपालिकाका अध्यक्ष घर्तीले जानकारी दिए ।
हामी सबैको दाइत्व, संस्कृति पर्यटनमा स्थाइत्व भन्ने मुल नाराका साथ विविध कार्यक्रम आयोजना गरिएको छ । गाउँपालिका तथा नगरपालिका स्तरीय पुरुष तथा महिला भलिबल, तारो हान्ने, लोकदोहरी, मगर खाम भाषा कविता, प्रम्परागत मगर भेषभुषा प्रर्दशनी त्यसैगरि सामूहिक तथा एकल नृत्य, स्याम्भो, सालै जो र फाङक गीत लगायतको प्रतियोगीता आयोजना गरिएको थबाङ गाउँपालिकाका सूचना अधिकृत भिमशेन बुढा मगरले बताए । उनका अनुसार कार्यक्रम उद्घाटनमा प्रमुख अतिथि ऊर्जा मन्त्री पुनसंगै अन्य अतिथिमा संघिय सरकारका पूर्व सभामुख ओनसरी घर्ती, प्रदेश सरकार ५ का सामाजिक मन्त्री सुदर्शन बराल लगायत रोल्पा र रुकुम पूर्वका जिल्ला समन्वय समितिका प्रमुख भूमे गाउँपालिकाका अध्यक्ष तथा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिको आथ्यता रहने छ ।
आज सम्ममा पुरुष भलिबल तर्फ ८ टिम र महिला भलिबल तर्फ ६ टिमले दर्ता गरेका छन् । पुरुष तथा महिला भलिबलको पुरस्कार राशि समान रहेको छ । क्रमश प्रथम पुरस्कार १ लाख ५० हजार कप प्रमाण पत्र मेडल, दास्रो १ लाख प्र्रमाण पत्र मेडल, तेस्रो ७५ हजार प्रमाण पत्र मेडल र सान्त्वना पुरस्कार ५० हजार सहित प्रमाण पत्र मेडलले पुरस्कृत हुनेभएका छन् । पुरुष तथा महिला भलिबलमा एक स्थानीय तहबाट एक एक टिमले मात्र सहभागी हुन पाउने आयोजकले जनाएको छ । बाँकी प्रतियोगीतामा स्थान हासिल गर्ने खेलाडीलाई पनि उचित पुरस्कारको व्यवस्था रहेको छ । कार्याक्रम माघ ३ देखि ६ गते सम्म सञ्चालन हुने छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto