जयमान बुढा मगर
रुकुम पूर्व भूमे गाउँपालिकाको २०७५ सालकोे दोस्रो गाउँ सभा अधिवेशनको पहिलो बैठक बसेको छ । आइतबार बसेको गाउँ सभाको अधिवेशनले एक संशोधन विधेयक सहित विभिन्न निर्णय पारित गरेको छ । भूमे गाउँपालिकाका विधेयक समितिका संयोजक प्रवेश पुनले सहकारी (पहिलो संशोधन) विधेयक, २०७५ र भूमे गाउँपालिकाका उपाध्यक्ष मनकुमारी बुढा (विष्ट) ले समपूरक कोषको रकम खर्च प्रस्ताव पेश गरेकी थिईन । उक्त विधेयक गाउँ सभा अधिवेशनले पारित गरेको सभाका अध्यक्ष तथा भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताए ।
‘समपूरक कोषमा विनियोजित बजेट ७० लाख रकम रहेकामा गाउँ सभाद्वारा स्वीकृत कार्यक्रम बमोजिम समपूरक अनुदान प्राप्त रकमकै योजनाको लागि पालिकाको कार्यालय क्षेत्रमा बगैँचा, युद्ध फिचर महत, जनवादी विद्यालय संग्रहालय क्याङ्सी, आदिवासी जनजाती संग्रहालय काँक्री र कृषि अनुसन्धान केन्द्र मारिङको विस्तृत परियोजना प्रतिवेदन तयारीका लागि खर्च गर्न सभाबाट अनुमोदन भएको अध्यक्ष बुढाले जानकारी दिए । सभामा भूमे गाउँपालिकाका अध्यक्ष बुढाले सभाका सदस्यलाई आ–आफ्नो वडाको समस्यमा तथा मुख्यतः शिक्षा क्षेत्रमा संवेदनशील भएर लाग्न अनुरोध गर्दै शिक्षाले नै मान्छेको जीवनस्तर माथि उठाउन आय र आयु वृद्धि गर्न सघाउ प¥याउने कुरा बताए ।
त्यसैगरि गत शनिबार गाउँ कार्यापालिको बैठक पनि बसेको थियो । गाउँ कार्यापालिको बैठकले नीतिगत निर्णयको छलफल गरिएको भूमे गाउँपालिकाका प्रवक्ता प्रवेश पुनले बताए । उक्त बैठकले राजस्व परामर्श समितिको प्रतिवेदन र स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले सिफारिश गरेको आगामी आर्थिक वर्ष २०७६÷०७७ को अनुमानित आय व्ययको सिफारिशको स्वीकृत गरिएको छ ।
