बद्री पन्त
जाजरकोट : ठेकेदारको चरम लापरवाहीका कारण पश्चिम रुकुमको चौरजहारी र जाजरकोटको कुदु जोड्ने भेरी नदीको पुल निर्माण अलपत्र परेको छ । मध्यपहाडी लोकमार्ग अन्र्तगतको उक्त पुल निर्माण शुरु भएको ६ बर्ष वितेको छ । तर पुलको १ प्रतिशत पनि काम भएको छैन । ३ बर्ष भित्रमा निर्माण पुरा हुने यो पुल ६ बर्ष वितिसक्ता पनि काम पुरा भएकोछैन ।

पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आयोजना अन्र्तगतको चौरजहारी–कुदु स्थित भेरी नदी पुल निर्माणमा भएको ढिलाईले रुकुम र जाजरकोट सडक सञ्जाल जोडिनबाट बन्चित हुन पुगेको छ । पुल निर्माणमा भएको ढिलाईले आयोजनाको रुकुम जाजरकोट सडक खण्ड काम गर्न बाधा पुगेको छ । निर्माण कामको जिममेवारी लिएको निर्माण ब्यवशायीको चरम लापरबाहीका कारण पुल निर्माण अलपत्र परेको हो । दुवै जिल्लाका स्थानीय आवतजावत लागि झोलुङ्गे पुलको भरमा छन् । भने व्यापार व्यवसायमा समेत असर परेको छ । समयमा पुल निर्माण नहुँदा लोकमार्गको स्तरोन्नोति गर्ने कार्यमा समेत बाधा पुगेको छ । त्यस्तै पुल निर्माण अलपत्र पर्दा चौरजहारीमा नयाँ शहर निर्माण आयोजनाको काम समेत प्रभावित बनेको छ । २०६९ सालमा पुलको ठेक्का सम्झौता भएको थियो । । १३ करोड ४७ लाख लागतको उक्त पुल निर्माण गर्ने जिम्मा लिएको वाईपी कन्ट्रक्सन प्रा.ली. ललितपुरले ३ बर्ष भित्रै पुल निर्माणको काम पुरा गरिसक्ने सम्झौता पत्रमा हस्ताक्षेर गरिएको भएतापनि हालसम्म पुलको टावरको जग खन्ने कामपनि पुरा हुन नसकेको भन्दै जाजरकोटबासी आक्रोशित भएका छन् ।
यो समाचार तयार पार्दासम्म वाईपी कन्ट्रक्सन प्रा.लीका ठेकेदार राजुप्रसाद श्रेष्ठसंग फोन सम्पर्क हुन सकेको छैन । भेरी पुल निर्माण परियोजनाका डाईरेक्टर उद्ब खत्रीले भने, लगानी गर्न नसक्दा निर्माण कम्पनीले तोकेको समयमा काम गर्न नसकेको बताएका छन । उक्त मध्यपहाडी लोकमार्गको मुख्य कार्यालय दैलेखले पनि व्यवास्था गरेको छ । यस आयोजना सडकको ट्रयाक खोल्ने काम पूरा भएर स्तरोन्तीको कार्य अगाडि बढेको छ । भेरी नदीमा पुल निर्माण थालिएको छ वर्ष बितिसक्दासमेत अधुरै छ । जसले गर्दा रुकुम–जाजरकोट सीधा यातायात सम्बन्ध विस्तार हुन सकेको छैन । यसबाट दुवै जिल्लाको विकास निर्माणमा ठुलो बाधा पुर्याएको बताईएको छ । सगरमाथा डटटिभिबाट

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto