शब्द/तस्बिर : समिर श्री
सल्यानको बागचौर नगरपालिका र दार्मा गाउँपालिकाको सिमानामा पर्ने चिफ्लेको लेकमा अनौठो गुफा भेटिएको छ । गुफाभित्र विभिन्न देवी देवताका आकृति जस्ता देखिने चित्रहरु सजिलै पत्ता लगाउन सकिन्छ । सतह देखि करिव ५ मिटर जमिनमुनि गुफा अवस्थित रहे पनि अझै मुनि सम्म गुफाको सिमाना रहेको हुन सक्ने रहेको अनुमान लगाउन सकिन्छ । गुफाका वरिपरि अन्य २ वटा त्यत्तिकै ठुला गुफा पनि छन । गुफालाई उचित संरक्षण र प्रचारप्रसार गर्न सके पर्यटकिय क्षेत्र बन्ने संभावना देखिन्छ । अझ गजवको कुरा त के छ भने गुफा रहेको स्थानबाट सल्यान र रुकुमका धेरै भूभाग मज्जाले अवलोकन गर्न सकिन्छ ।

कसरी जाने त्यहाँ सम्म ?
राप्ती लोकमार्ग अन्तर्गत बागचौर नगरपालिका वडा नं ५ स्थित बाँगेलाखुरी बजार बाट मोटरलाईकल वा हल्का सवारी साधन को यात्रा गरियो भने जम्मा ५ मिनेट समय लाग्छ गुफासम्म जान । यदि तपाईं दृश्यावोलकन गर्दे पैदल जान चाहनुहुन्छ भने बाँङ्गेलाखुरी देखि बढिमा २० मिनेटमा पुगिने छ । हेर्नुहोस केहि तस्बिर ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto