आहा संचार संबाददाता
१० वर्षे जनयुद्धका कमाण्डर सहिद बिजय घले (दौलतराम घर्ति) का बुवा हरिप्रसाद घर्तीको निधन भएको छ । घर्तीको ८४ वर्षको उमेरमा रुकुम पश्चिम त्रिवेणी गाउँपालिका ५ जिवाङमा रहेको आफ्नै घरमा सोमबार बिहान ४ बजे निधन भएको हो । वि.सं. १९९१ मा जन्मिएका घर्ती लामो समय देखि बिरामीले थलिएका थिए । घर्तीका तीन छोरा मध्ये दुई छोरा सहिद भएका थिए । जेठा छोरा विजय घले र कान्छा छोरा रिमवहादुर घर्ती(मिलन) हुन । माइला छोरा त्रिवेणि गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष छन । घर्तीको निधनप्रति बिभिन्न ब्यक्ति तथा संस्थाद्धारा हार्दिक श्रदाञ्जली ब्यक्ति गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुकुम पश्चिमले मृतकप्रति भावपूर्ण श्रद्धान्जली तथा शोक सन्तप्त परिवारजन र आफन्तजनप्रती गहिरो समवेदना ब्यक्ति गरेको छ । पार्टी जिल्ला संयोजक महेन्द्र केसी पासरमणीले एक शोक बक्तब्य जारी गर्दै पार्टीको सल्लाहकार समेत रहेका सहिद पिता घर्तिको निधनले पार्टीलाई अपुरनिय क्षति पुगेको बताएका छन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto