आहा संचार संबाददाता
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा रिम्ना धार्मिक तथा माघी मेला हुने भएको छ । गाउँपालिको वडा नम्बर ४, वडा कार्यालय मुख्य आयोजक रहेको मेलामा खेलकुद व्यवस्थापन समिति र सांस्कृतिक व्यवस्थापन समिति सह आयोजक रहेका छन ।
यहि पुस २८, देखि ३ सम्म मेला संचालन हुने छ । वडा नम्बर ४ रिम्नामा धार्मिक तथा पर्यटकीय हिसाबले पनि महत्वपुर्ण छ । त्यहाँ यसअघि ऋषिमुनि बसेका कारण ऋषिघाटको रुपमा समेत परिचित छ । जहाँ शिबमन्दिर पनि छ । माघीको दिन यस क्षेत्रमा बिहानै आएर नुहाएमा पाप काटिने बिश्वास समेत रहदै आएको् छ । सो दिन यहाँ आएर स्नान गर्नेहरुको भिडभाड हुने गरेको छ । रुकुमको सानीभेरी र ठुलोभेरीको दोभान समेत रहेको यस क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकहरु अवलोकनको लागि आउने गरेका छन । मेलामा खेलमा भलिबल तथा सांस्कृतिक कार्यक्रम हुने छ । सांस्कृतिक कार्यक्रममा लोकप्रिय कलाकारहरु अमित परियार, पुर्णचन्द्र केसी, दिनेश परियार, अञ्जली चन्द, राजेन्द्र खड्का, अनिल कौशल र दिपक परियार लगायतको प्रस्तुती हुने सांस्कृतिक संयोजक डिल्ली परियारले जानकारी दिए ।
त्यस्तै वडा स्तरीय भलिबल प्रतियोगीतामा प्रथम हुनेले ५० हजार, दोस्रो हुनेले ३० हजार र अन्य दुई सान्त्वना स्वरुप १५÷१५ हजार नगद तथा प्रमाणपत्र प्राप्त गर्ने खेलकुद संयोजक बिष्णु ओलीले बताए । उनका अनुसार २७ गते सम्म खेलकुदको लागि टिम दर्ता गर्न सकिने छ । थप जानकारी लागि मोवाईल नम्बर ९८६४७४७९७३ मा सम्पर्क गरेर जानकारी लिन सकिने छ ।
