हरि जिज्ञासु
सर्वप्रथम ख्रीष्टमस के हो भन्ने विषयमा जान्दा उपयुक्त होला । सामान्य तया बाइबल धर्मशास्त्र अनुसार संसारका सबै मानिसहरुले गरेको पापमय कामहरु अथार्त पापको क्षामाको लागि एउटा गाईको गोठमा जिजस क्राईष्ट अर्थात येशू ख्रीष्टको जन्म भएको दिनको सम्झनामा डिसेम्बर २५ तारिक अर्थात नेपाली पात्रो अनुसार पौस १० गतेका दिन खुशीयाली मनाउने प्रचलन नै ख्रीष्टमस हो ।
आज धेरै मानिसहरु ख्रीष्टमस भनेपछि ख्रीष्टयनहरुले मात्रै मनाउनुपर्छ, यो पर्व ख्रीष्टियनहरुको मात्रै हो, हामी ख्रीष्टियन नभएकोले यो ख्रीष्टमस विशेष कार्याक्रमहरुमा सहभागी हुनुहुन्न भन्ने पूरानो विचारले जरो गाडेको छ । तर ख्रीष्टमस मनाउन र ख्रीष्टमस विशेष कार्याक्रमहरुमा सहभागी हुन ख्रीष्टियन नै बन्नुपर्छ भन्ने छैन । किनकि हामी सबै नेपालीहरुले एक अर्काको आस्थाको कदर गर्नुपर्ने हुन्छ । धार्मिक मेलमिलापले हाम्रो सामाजिक सद्भाव बलियो हुन जान्छ । यसले हाम्रो देशलाई नै फाइदा हुन जान्छ । धेरै गैर इसाईहरुले इसाईहरुलाई विदेशी धर्म मान्नेहरु भनेर उपनाम दिन्छन् । तर बास्तवमा धर्म भन्ने कुरा विदेशी हुँदैन र धर्म कहिल्यै परिवर्तन पनि हुँदैन । धर्म भनेको एउटा आस्था र विश्वास हो । आस्था र विश्वास कुनै अमेरिकाबाट आउने कुरा होइन अर्थात कोरियाबाट आउँने कुरा पनि होइन । यो त नेपालमै जन्मेका र नेपालकै माटोमा आफ्ना पाखुराहरु बलियो बनाएर खेलिरहेका नेपालीहरुको मनमा पैदा भएको विश्वास हो । त्यसैले इसाई धर्म पनि एउटा नेपालमा बस्ने केहि नेपालीहरुले एउटा बलियो विश्वाससील ईश्वरमाथि आशा राखेको कुरा हो । यो आशा अरु कसैले नभई नेपालमै बसोबास गर्ने नेपालीहरुले नै राखेका छन् । हामीले जान्नुपर्ने कुरा कहाँनेर रह्यो भने एउटा नेपालीले आफ्नो खुशीसाथ आफूले चाहेको ईश्वरलाई पुज्न चाहान्छ भने त्यसलाई हामी नेपालीले नै छुट् दिनुपर्छ । किनकि आस्थावान व्यक्तिहरुको आस्था भंग गर्न खोज्नु हाम्रो मुर्खता हो । हिन्दु धर्मालम्वीहरुले पनि दशैं र तिहार जस्ता ठूला पर्वहरु धुमधामकासाथ मनाउने गर्दछन् । यी दुई ठूला महान चाड सबै नेपालीको भए जस्तै, ख्रीष्टमस पनि सबै नेपालीहरुको हो भन्ने कुरामा विश्वस्थ हुन ठूलो कुरा हो । किनकि चाड पर्वले मानिसहरुलाई संधै एकताको बाटोमा हिड्न सिकाउँछ । एकअर्काप्रति प्रेम साटासाट गर्न सिकाउँछ । यसले गर्दा हाम्रो समाजिक सद्भाव बलियो हुँदै जान्छ । हामी करिब तीन करोड नेपालीहरुको मन फरक फरक छ भन्ने कुरा हामीलाई थाहा छ । तर आस्थावान जस्ता गम्भिर कुराहरुमा तीन करोड नेपालीहरुको विचार एउटै हुनुपर्छ भनेर हामी उफ्रिन थाल्यौँ भने हामी नै मूर्ख ठहरिन सक्छौं ।

किनकि ईश्वरमाथि आस्था राख्ने कुरामा मानिस कहिल्यै एक हुन सक्दैन् । ख्रीष्टियन भित्रै पनि धेरै मानिसहरु बीचमा ईश्वरमाथि आस्था राख्ने कुराहरु फरक छ । हिन्दुत्वहरुमा पनि त्यस्तै नै हो । हामीले बुझ्नु पर्ने कुरा के हो भने । आस्था आफ्नो ठाउँमा राखेर हामी सबै नेपालीहरुले एउटाले अर्काको आस्थाको सम्मान गर्नु नै ठूलो कुरा हो । यदि कुनै व्यक्ति आफ्नो चाहाना अनुसार हिन्दु बन्न पनि सक्छ र कुनै हिन्दु व्यक्ति आफ्नो चाहाना अनुसार ख्रीष्टियन बन्न पनि सक्छ । किनभने यो आस्थाको विषय हो । पछिल्लो समयमा ख्रीष्टियनहरुलाई डलरहरुमा विक्नेहरु भनेर उपनाम दिइन्छ । तर वास्तवमा त्यो गलत नै हो । यदि कदमकदाजित कोही मानिस प्रोलम्बनमा परेर ख्रीष्टियन बनेको छ भने त्यो संधै टिक्न सक्दैन । तर जुन व्यक्तिले आफ्नो पूरा मनले पवित्र धर्मशास्त्र बाइबलमाथि लेखेका कुरामामाथि विश्वास गर्दछ भने त्यसले आफ्नो जीवनको एक मुठी सास रहुन्जले सम्म पनि इसाईइत्वलाई अंगाली रहन्छ र अंगाली रहनेछ ।
ख्रीष्टिमसको अवसरमा राज्यका विभिन्न जिम्मेवारी व्यक्तिहरु ख्रीष्टमस कार्यक्रममा सहभागी भएर शुभकामना आदनप्रदान गर्नेकाम गरेको हामीले देख्छौं । निककि एक अर्काको आस्थाको कदर गर्दै उसलाई शुभकामना दिनु नराम्रो कुरा हो जस्तो मलाई लाग्दैन् । आज नेपालको अन्य भूवागमा भन्दा काठमाण्डौंमा गैर ख्रीष्टियनहरुले पनि ख्रीष्टियन मनाउने गर्दछन् । तर आस्थावान व्यक्तिहरुले ख्रीष्टमस मनाउन र अन्य व्यक्तित्वहरुले ख्रीष्टमस मनाउनुमा धेरै फरक छ । र त्यसको आनन्द पनि फरक फरक नै हुन्छ । त्यसैले हामी सबे नेपाली भएको नाताले एकले अर्काको आस्थाको कदर गर्दै उनीहरुको चाडपर्वमा शुभकामना आदनप्रदान गर्नु, प्रेमको चिनो साटासाट गर्नु अत्यन्तै राम्रो काम हो । किनकि यस्तो कार्यले मेलमिलापलाई बलियो बनाउने भएका कारण यसको सबै भन्दा ठूलो फाइदा, समाजिक सद्भाव बढ्छ । समाजिक बल बड्छ र यसले हाम्रो देश नेपाललाई फाइदा गर्दछ । त्यसैले सबै नेपालीदाजुभाई दिदीबहिनीहरुलाई बडादिन ख्रीष्टमसको शुभकामना

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto