सत्य बटाला
रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका कर्मचारीहरुले नेपाल सरकारले गत मंसिर २३ गते लागु गरेको कर्मचारी समायोजन अध्यादेश २०७५ प्रती विज्ञप्ती निकालेर घोर विरोध गरेको छन । सवै सेवा विच समान ब्यबहार र अवसर नभएको भन्दै बिरोध गरिएको हो । संघ, प्रदेश र स्थानियतहमा एउटै प्रणाली मातहगत समान ब्यबस्था गर्न र कर्मचारी समायोजन अध्यादेशको दफा ७ को उपदफा ४ मा राजपत्र अङकित प्रथम श्रेणी बाट छैटौँ तहमा समायोजन हुदा माथिल्लो पदमा बढुवाका लागी आवश्यक पर्ने शैक्षिक योग्यता हाँसिल गरेको हुनु पर्ने भनी ब्यवस्था भएको र अन्य कुनै पनी तहमा समायोजन हुदा शैक्षिक योग्ताको विषयमा नराखीएकोले सो विभेदकारी प्रावधान हटाई सवै तहमा समायोजनको लागी एक रुपता गरिनु पर्ने माग छ ।

त्यस्तै स्थानिय तहमा अविछित्र रुपमा अस्थायी, करार, ज्यालादारी , सामाजिक परिचालकलाई कर्मचारी समायोजन अध्यादेश २०७४ बमोजीम सेवा सुुरक्षाको ग्यारेन्टी गरिनु पर्ने नगरमा कार्यरत कर्मचारीहरुले माग गरेका छन । आठविसकोट नगरपालीमा कार्यरत कर्मचारीहरुले प्रेस विज्ञप्तीका साथै हातमाकालो पट्टि बाँधी, पेन डाउन गरेर कार्यालाबाट हु्ने कामकाज समेत बन्द गरेका छन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto