रुकुम पश्चिमको जिल्ला सदरमुकाममा समेत रहेको मुसिकोट नगरपालिका जिल्लाकै एउटा चासोको नगरपालिका हो । जसका कारण यहाँको विकास निर्माण र शान्ति सुरक्षाले समेत समग्र जिल्लामा प्रभाव पार्ने गरेको छ । स्थानीय चुनाबको बेला स्मार्ट सिटि देखि केबुलकार संचालन गर्ने समेत नारामा समेटिएको मुसिकोट नगरपालिका सबैको निगरानीको केन्द्र समेत बनेको छ । स्थानीय सरकार बनेको पनि करिब डेढ बर्ष बढी भैसकेको छ । जसरी चुनाबको बेला जनताको आधारभूत आवश्यकता देखि शान्ति समृद्धिको क्षेत्रका काम गर्छु भनिएको थियो त्यो के यो बेला सम्म केहि प्रयास गरिएको छ ? जनप्रतिनीधहरु आफ्नो कार्यकालको ५ बर्ष बिलासी गरेर मात्र बिताउदै छन की जनताको दैनिकीसंग पनि जानकार छन ? यी र यस्तै बिषयमा मुसिकोट नगरपालिकामा प्रमुख देबिलाल गौतमसंग आहा सञ्चारका सम्पादक मेगराज खड्काले गरेको कुराकानी संक्षेप ।

नगरपालिका मार्फत हिजोआज के कस्ता गतिबिधी भैरहेका छन ?
मुसिकोट नगरपालिका अहिले नयाँ आर्थिक बर्षको बजेट कार्यन्यवनमा धमाधम लागिरहेको छ । जसरी असार मसान्तमा बजेट भुक्तानी र खर्च गर्ने परिपाटीलाई अन्य गर्न मुसिकोट नगरपालिकाले समयमै काम सक्काउने र काम सकिएका कामको तत्काल भुक्तानी दिने निर्णय गरिसकेको छ । त्यस बाहेक मुसिकोट नगर कार्यपालिकाको पछिल्लो बैठक केहि दिन बसेको थियो । जसले केहि महत्वपुर्ण निर्णय पनि गरेको छ । जस्तो की नगर प्रहरी भर्नाकाका लागी नगर प्रहरी ऐन पारित गरेर लगतै प्रहरी भर्नाको काम थाल्दैछौं । पहिलो पटक १५ जना नगर प्रहरी भर्ना गदछौं र उक्त टिमलाई नगरको शान्ति सुरक्षा सगै सरसफाई र श्रमका कार्यक्रमहरुमा जोड्छौं । त्यसका साथै नगरकार्यपालिकाले खरिद नियामावली, पशु कार्यक्रम संचालन कार्यबिधी र मेलमिलाप कार्यबिधि लगायतका बिभिन्न ७ वटा कानुनहरु बनाएका छौं । त्यस बाहेक नगरका अन्य नियमित कामकाज त निरन्तर भैरहेका छन ।

तपाईको कार्यकाल शुरु भएको पनि लामै समय भैहाल्यो, तपाईको कार्यकाल पछि नगरमा भएका राम्रा काम र उपलब्धी के छन ?
मेरो कार्यकाल पछि मैले यस नगरको स्वास्थ्य र शिक्षामा केहि नमुना नै कामको शुरुवात गरेको जस्तो लागेको छ । स्वास्थ्यको कुरा गर्दा यस नगरमा रहेका स्वास्थ्य संस्था र अस्पतालहरुको निरन्तर अनुगमन गर्ने र कैफियत देखिएका तत्काल सुधारको काम गरिएको छ गर्न लगाईएको छ । औषधी अभाब रहेको स्वास्थ्य संस्थाहरुमा थप औषधी उपलब्ध गराईए छ । यो आर्थिक बर्षमा मात्र ६ लाखको औषधी खरिद गरेर आवश्यक ठाउँमा प्रदान भैसकेको छ । त्यस बाहेक छिटै ठुलो मात्रमा टेन्डर खोलेर नै मुसिकोट नगरपालिकाका क्षेत्रका स्वास्थ्य संस्थाका लागी माग गर्दै छौ । त्यस्तै यस नगरकै झुल्खेतमा डिजिटल ल्याव सेवा सहितको स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । मुसिकोट नगरपालिको १३, चौतारमा सहित ३ गाउँमा छिटै ल्याव सुबिधा सहितको स्वास्थ्य केन्द्र बिस्तार गर्ने योजनामा छौं ।
जिल्ला अस्पताल सल्ले रुकुम पश्चिमलाई पनि आवश्यक प्रबिधीमा सहयोग गरिएको छ । अस्पतालमा बत्ति समस्याका कारण बिरामी चेकजाँचमा समस्या आएको जनगुणासो पछि नगरपालिकाले छिटै अस्पतालमा सोलार प्रणाली जडान गर्ने निर्णय गरिसकेको छ । त्यसका साथै शिक्षामा पनि नयाँ कामको शुरुवात गरिएको छ । बिद्यार्थी नभएका र प्रभावकारी शिक्षण नभईरहेका ३ बिद्यालयहरु अन्य बिद्यालयमा गाभेर प्रभावकारी बनाईएको छ । नगरका बिभिन्न बिद्यालयहमा शिक्षक नहुँदा पठन पाठनमा समस्या भएको गुणासो आएपछि बिभिन्न तहमा ६५ जना शिक्षकहरु करार भर्ना गरि पठाएको छ । उक्त शिक्षकहरुको सेवा सुबिधा नगरपालिकाले नै बेहोर्ने छ । त्यसको बाहेक सडकको कुरा गर्दा मेरो कार्यकाल शुरु भएदेखि ४० किलोमिटर नयाँ सडक खनिएको छ । नगरपालिकामा रहेका ८ नम्बर वडा बाहेक सबै वडामा कच्ची भएपनि सडक पुगेको छ । त्यसका साथै नगरपालिकाको रिङरोड बनाउने काम थालिसकेको छ । रिङ रोड सहित जिल्लाका अन्य ४ वटा सडकहरुको निर्माण र स्तरबृद्धिका लागि डिपिआर भैसकेको छ । त्यस बाहेक बर्षातमा बिग्रीएका स्थानीय सडकहरुको मर्मत गरेर संचालन गरिएको छ ।

चुनाबअघि जनतामाझ गरेका आधारभूत आवश्यकता बिचा सम्बोधन गर्नु भयो त ?
चुनाबमा गरेका सबै बाचा पुरा गर्न सकिएको छैन । जनताको आकांक्षा धेरै थिए, हामीले पनि चुनाबमा धेरै कुरा भनिएको थियो । एकैपटक र एकैबर्षमा पुरा गर्ने कुरा संभव पनि भएन । अन्य बिषयमा बाचा पुरा भएपनि खानेपानी, ढलनिकास र पार्किङको बिषयमा काम थालिएको छ तर जनताले अनुभव हुने नै गरि काम भने गर्न सकिएको छैन । नगरको खानेपानीको लागि प्रभावकारी काम पक्कै गर्न सकिएको छैन । पहल गरिएको छ तर जनताको आवश्यकता पुर्ति हुन भएको स्वीकार गर्छु । चुनाबमा एक घर एक धाराको नारा लिएर गाउँगाउँमा गएको थिए तर कतै मुहानकै समस्या, कतै बजेटको लगायतका बिबिध समस्याले भने जस्तो भएको छैन । दिर्घकालिन र ठुलो खानेपानी योजनाका लागि पहल भने जारी रहेको छ । त्यस्तै जिल्ला सदरमुकाम समेत रहेको नगर क्षेत्रमा अस्तब्यस्त रुपमा रहेको यातायात र बसपार्क क्षेत्रको सम्बोधनको लागि कामको शुरुवात गरिएको छ । बसपार्क बनाउने योजना पनि थियो, बजेट पनि थियो तर आवश्यक जग्गा बनाउदा लामो समय सम्म समस्याको बिषय बन्यो । बल्ल सल्ले खोला नजिकै भेरीखोलामा बसपार्कको लागि जग्गा उपलब्ध भएर निर्माणको ठेक्का आह्वान गर्ने तयारीमा छौं । मुसिकोटको सरसफाई र ढलनिकासको पनि केहि समस्या देखिन्छ । नगरपालिकाले गाडिको व्यवस्था गरेर बजार क्षेत्रको फोहार व्यवस्थापनको शुरुवात त गरिएको छ तर ब्यवस्थित फोहोर फाल्ने क्षेत्र र ढल निकासको लागि खानेपानी तथा सरसफाई डिभिजन मार्फत पनि ठुलै योजना संचालन हुने सुनिएको थियो । पछिल्लो समय मुसिकोटबाट नै कार्यालय सर्ने भन्ने कुरा आएपछि पछिल्लो अवस्था के छ मलाई जनकारी छैन ।

तपाई त एकडेढ सयको झिनो मतको अन्तरले प्रत्यासीलाई हराएर निर्बाचित हुनुभयो । मुसिकोट सरकार बाहिर पनि प्रतिपक्षी दलको ठलो जमात छ । प्रतिपक्षीबाट समस्याको कस्तो सामाना गर्नुपरेको छ ?
हो, चुनाबको बेला कुरा गर्दा म झिनो मतले जीतेपनि हाल मैले सबैको मन जीतेको छु जस्तो लाग्छ । चुनाबमो बेला म कुनै पार्टीको थिए तर अहिले म कुनै पार्टीको भन्दा पनि सबै मुसिकोट नगरको अभिभावक हु । मैले विकास निर्माण देखि अन्य अवसरमा राजनीतिक गरेको छैन । आवश्यकताका आधारमा विकास निर्माण र अवसरहरुमा सम्बोधन गरेको छु । त्यसरी नै होला मैले प्रतिपक्षी वा पराजीत पार्टी र उम्मेदवारहरुबाट समस्याको सामाना गर्नुपरेको छैन । उहाँहरुबाट काममा अवरोध गरेको मलाई पनि अनुभव छैन । सक्दो सहयोग र सहकार्य नै गर्नुभएको छ ।

प्रतिपक्षी पार्टीहरु र पराजीत उम्मेदवारहरुबाट काममा प्रभाबित पार्ने काम भएको छैन भन्नुभयो, त्यसो भए खास मुसिकोट नगरपालिकाको कामकारबाही र विकासको बाधक के छ त ?
मुसिकोट नगरपालिका मुख्य समस्याको रुपमा विकास निर्माणका कार्यहरुमा आर्थिक अपारदर्शी बढी हुने गरेको मैले महसुस गरेको छु । यसले यस नगरको विकास लागि ठुलो बजेट खर्च भएपनि खास बिकास निर्माणको उपलब्धी मुलक काममा खर्च हुन नसकेको मैले अनुमान गरेको छु । त्यसकारण नगरपालिकाको कहि दिन बसेको कार्यपालिका बैठकबाट नै प्रभावकारी अनुगमन पश्चात मात्र झुत्तानी दिने निर्णय गरेको छ । बरु प्रकृया पुगेको सोहि दिन नै भुत्तानी हुन्छ । विकास निर्माणमा अपारदर्शीताको रुपमा डोजरले बाटो खन्दा कमै खनेपनि बढी समय डोजर प्रयोग गरेको रिपोर्ट ल्याएर भुक्तानी गर्ने जस्ता केहि नराम्रा कामहरु भएको पनि जनगुणासो पनि आएपछि त्यस्ता कामहरुलाई हामीले तत्कालै निरुत्साहित हुने प्रकृया थालेका हौ । अर्को कुरा हाम्रो नगरको विकास निर्माण लगायतका अन्य कामको लागि आवश्यक बजेट पनि केन्द्र सरकारबाट आउन सकेको छैन । थोरै आउछ त्यो थोरै प्रत्येक वडाहरुमा अलिअलि बाँड्दा बाड्दै सकिन्छ । केहि नमुना आयोजना संचालनका लागि केन्द्रबाट बजेट आउने गरेपनि प्रतिशतको आधारमा मात्र आउने गरेकाले पनि प्रभावकारी काम भएको छैन । उदाहरणको लागि कुनै सडकको स्तरबृद्धिको लागि काम गर्दा डिपिआर गरिसकेपछि पनि केन्द्रबाट ६० प्रतिशत र स्थानीय सरकारबाट ४० प्रतिशत बजेटको जोहो गर्नुपर्ने योजना हुन्छ । त्यस बेला हाम्रो सरकारले ४० प्रतिशत रकम जुटाउन सकेन भने त्यो केन्द्र सरकारबाट आएको ६० प्रतिशत बजेट काम लाग्ने कुरा नै भएन ।
केन्द्र सरकारको अनुदानमा मात्र भर परेर त भएन नी, स्थानीय सरकारले आफ्नो आन्तरिक आम्दानी पनि बनाउनु प¥यो नी ?
आन्तरिक आय बनाउन पनि पहल गरिरहेका छौं । प्रत्येक बर्ष नगरपालिकाको केहि प्रतिशत भएपनि आम्दानी बढाईरहेका छौं । अघिल्लो आर्थिक बर्ष १ करोडको लक्ष्य राखेका थियौं । पहिलो बर्ष भएर होला सोचेअनुसारको हुन सकेन करिब आधा जस्तो ५५ लाख जति आम्दानी भयो । त्यस्तै यो आर्थिक बर्षमा १ करोड २५ लाख २५ लाखको लक्ष्य राखेका छौं । यो समय सम्म आउदा करिब २५ लाख जति संकलन भएको अनुमान गरिएको छ । आर्थिक मसान्तको अन्त्यसम्म लक्षअनुसारको रकम आम्दानीमा आशाबादी नगरपालिका छ । तर हामीले अन्य नगरपालिकामा आलोचना भएको जस्तो चर्को कर लिएका छैनौं । करको दायराहरु फराकिलो पारेका छौ, तर कर शुल्क पुरानो भन्दा खासै फरक छैन । नगरबसीहरु उक्त शुल्कबाट मर्का परेको जस्तो हामीलाई लागेको छैन ।

जनताबाट सानोतिनो कर उठाएर त आगामी दिनमा नगरपालिका कसरी आत्मनिर्भर होला र ? नगरपालिकाको नियमित आम्दानीका लागि केहि दिर्घकालिन योजना बनाउनु भएको छ ?
एकदम सानोतिनो जनताबाट कर उठाएर नगरपालिका आत्मनिर्भर हुन गाह्रो छ । नगरपालिकाले यस बिषयमा सोचेर केहि दिर्घकालिन आम्दानी र योजनाका कार्यक्रमहरु पनि बनाएको छ । जस्तै मुसिकोट नगरपालिका लगायत रुकुम पश्चिमका ६ वटै स्थानीय तहहरु मिलेर स्यार्पु बिद्युत कम्पनी दर्ता गरेर थप बिद्युत उत्पादन गर्ने भनेर ३०÷३० लाख शेयर त्यसमा हालेका छौं । उक्त बिद्युत निर्माण भएर संचालन भएपनि नगरपालिकामा नियमित आउने नै छ । त्यस्तै नगरपालिकामा लिटो उद्योग संचालनमा गर्ने निर्णय पनि नगरपालिकाले गरेको छ । बालबालिकाको लागि पौष्टिक आहारको लागि आवश्यक उक्त लिटो उद्योगबाट पनि नगरपालिका लगायतका यस क्षेत्रमा स्थानीयहरुलाई प्रत्यक्ष अप्रत्यक्ष लाभ हासिल नै हुनेछ । त्यसैगरी मुसिकोट नगरपालिका क्षेत्रमा रहेका पर्यटकीय तथा धार्मिक स्थलहरुलाई थप व्यवस्थित र प्रचारप्रसार गरेर केहि आम्दानी पर्ने पनि गुरुयोजना बनाएका छौं । ठुलीदह, मुसिकोट डाँडा र डिग्रे शाईकुमारी मन्दिर लगायतका धार्मिक स्थलहरुलाई थप व्यवस्थित गरेर निकट भबिश्यबाटै नगरपालिकाले आम्दानीको राम्रो स्रोत बनाउछ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto

तिहारको शुभकामना । Happy Tihar


This will close in 20 seconds