डोको बुनेर परिवारको जिबिका

Byआहा सञ्चार

२०७५ मंसिर २९, शनिबार १७:५० गते

मोहन बुढाथोकी

रुकुम पश्चिमको चौरजहारी नगरपालिका ६, खागलमा स्थाई रुपमा बस्दै आएका एक व्यक्तीले डोको तथा बाँस बाट निर्मित बिभिन्न सामाग्रीहरुको भरमा मात्रै आफ्नो ४ जनाको परिवार पाल्दै आएका छन । जम्मा ११ जनाको परिवार भएपनि छोरा, बुहारी तथा छोरीहरुले घर छोडेर अन्य ठाउँमा बसोबास गर्दै आएका छन । तर अहिले दुई छोरा, श्रीमती र आफु गरी जम्मा ४ जनाको परिवार घरमा बस्दै आएका छन ।
उमेरले ६५ वर्ष काट्दै गरेका दले कामीले निगाला र वाँस बाट निर्माण गरेका बिभिन्न किसमका सामाग्रीहरु जस्तै डोका, डाला तथा अन्य सामाग्रीहरुको निर्माण गरी जिल्लाका बिभिन्न गाँउ तथा सहरहरुमा बिक्रि गर्ने गरेका छन । बिक्री भए पश्चात उनले त्यही पैसाले घरमा चाहिने तथा दैनिक उपभोग्य सामाग्रीहरु दाल, चामल, नुन र तेल जस्ता सामाग्रीहरु लिएर फर्कने गर्दछन ।

खेतीकिसान गर्ने आफुमा आवश्यक जग्गा नभएका कारण डोकाडाला बुनेर मात्र परिवार पाल्न धौैधौ भएको उनको भनाई छ । ‘वर्षातको समयमा लगाएको मकै बालीले परिवारलाई २ महिना खाना पनि पुग्दैन, हिउदेबाली जग्गामा खेती नै लाग्दैन’ उनले भने, ‘एक वर्षमा दुई महिनामात्रै खानापुग्ने जग्गा भएकाले मै बाँकी महिना डोकाकाला बुनेर नै जीवन गजार्दै आएको छु ।’ उनको डोका बुन्ने बाँसा निगाला पनि बारीमा छैनन् । गाँउमा गएर बाँसनिगाला किनेर नै उनले डोकाडाला लगायतका सामाग्रीहरु बुन्ने गरेका छन । ‘आफ्नै बारिमा बाँस निगाला भएर त राम्रो नै कमाई हुने थियो, तर अर्कोको घरबाट किनेर ल्याई बुन्दा त थोरथोरै फाईदा आउछ’ उनले भने, ‘डोका लगायतका सामाग्रीहरु १५० देखि ३ सय रुपैयाँ सम्ममा बिक्रि हुन्छन ।’

फेसबुकमा प्रतिक्रिया दिनुहोस...