महिला हिंसा रोक्न सडक नाटक

Byआहा सञ्चार

२०७५ मंसिर २५, मंगलवार १६:२३ गते

डिल्लीबहादुर खत्री
रुकुम पश्चिम चौरजहारी नगरपालिकाले लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानमा सडक नाटक प्रस्तुत गरेको छ । चौरजहारी नगरपालिकाले अन्तराष्ट्रिय लैंगिक हिंसा बिरुद्धको १६ अभियानको अवसरमा जनचेतनामूलक सडक नाटक प्रस्तुत गरेको हो । वडा न. १४ बाट सुरु भएको सडक नाटक अभियानको अन्तिम दिन वडा न. २ को शितल माबिमा प्रस्तुत गरेपछि समापन भएको छ ।
नगरपालिकाका सबै वडामा अनिवार्य र कतिपय वडाको दुई ठाउँमा पनि सडक नाटक प्रस्तुत गरेको कलाकार एलबि कटुवालले जानकारी दिए । उनका अनुसार बाल विवाह, मदिरा सेवन र घरेलु महिला हिंसा सम्बन्धि नाटक प्रस्तुत गरिएको हो । नगर उपप्रमुख राधा रोकाले गाउँमा अझै पनि चेतनाको अभाव भएकोले जनचेतनामूलक सडक नाटक प्रस्तुत गरिएको बताईन । ‘अहिले जटिल समस्या भनेको हाम्रो चौरजहारी नगरपालिकामा बाल विवाह, मदिरा सेवनबाट हुने महिला हिंसा र घरेलु हिंसा भएकोले यसैलाई मध्यनजर सडक नाटक प्रस्तुत गरिएको हो’ उनले भनिन । चौरजहारी नगरपालिकाको न्यायिक समितिमा पनि बालविवाह, मदिरा सेवनबाट हुने हिंसा र घरेलु महिला हिंसा सम्बन्धिका घटनाहरु बढी आउने गरेका छन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto