मेगराज खड्का
रुकुम
ताजा तरकारी र तरकारी बिउ उत्पादनमा प्रशिद्धी कमाएको रुकुम पश्चिममा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना मार्फत तरकारी÷तरकारी बिउ जोन संचालन भएपछि यस क्षेत्रमा कृषकहरु झनै उत्साहित भएका छन । कार्यक्रम मार्फत स्थानीयहरुले उन्नत मुल बिउमा अनुदानका साथै बिभिन्न तालिम, भ्रमण तथा अन्य प्रबिधीमा र बिउ बजारीकरण सहयोग सहयोग पाउदै आएको कृषकहरुको भनाई रहेको छ । उक्त कार्यक्रम रुकुम पश्चिमको ३ स्थानीयमा संचालित छ । चौरजहारी नगरपालिकाको वडा नम्बर ३ देखि १४ गरि १२ वटा वडा, सानीभेरी गाउँपालिको ९ वडा मात्र र त्रिबेणी गाउँपालिकाको १० नम्बर वडामा उक्त कार्यक्रम संचालित छ । तरकारी/तरकारी बिउ जोन संचालक समितिका संयोजक तिलक शर्माले कृषि क्षेत्रमा राम्रो संभावना भएको क्षेत्रमा थप स्तरबृद्धि सहितका कामको लागि कार्यक्रम संचालन हुनु महत्वपुर्ण पक्ष रहेको बताए । उनका अनुसार कार्यक्रम संचालन पछि तिन वटै स्थानीय तहका बिभिन्न ठाउँमा जम्मा ९४ वटा ताजा तरकारी र बिउ समुह समेत दर्ता भएका छन ।
‘यस बर्ष मात्र हाम्रो क्षेत्रमा १ सय हेक्टर जग्गामा मुला, प्याज, काउली र रायो लगायतका तरकारी बिउको लागि खेती गरिएको छ’ संयोजक शर्माले भने, ‘यस कार्यक्रम मार्फत व्यवसायिक रुपमा ताजा तरकारी र तरकारी बिउको क्षेत्रमा काम गर्ने ब्यक्ति तथा समुहलाई बिउमा अनुदान, प्रबिधी र उत्पादित बस्तुको बजारीकरणमा सहयोग गर्नेछ ।’ कार्यक्रममार्फत उन्नत मुलबिउका साथै थारै जनशक्तिले पनि धेरै र छिटो काम गर्न सक्ने थ्रेसर, हाते ट्याक्टर र ग्रेडिङ मेसिनहरु अनुदानमा दिदै आएको छ ।

ज्ञानको लागि कृषि भ्रमण
तरकारी जोन रुकुम संचालक समितिले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्र्तगत चितवन, पोखारा र पाल्पामा संचालित जोन तथा सुपरजोनहरुको पनि अवलोकन भ्रमण गरेको छ । उक्त क्षेत्रमा संचालित पोष्ट हार्भेष्ट र कष्टम आयरिङ सेन्टरमा अपनाईएका प्रकृया र नयाँ प्रबिधीहरुको अवलोलन गरेको जोन संचालक समिति सदस्य लक्ष्मी कामीले बताईन ।
उनका अनुसार जिल्लामा संचालित कार्यक्रमलाई थप प्रभावकारी बनाउन २५ जना कृषक तथा सरोकारवाला ब्यक्तिहरुको सहभागिता भएको थियो । ‘यो अवलोकन भ्रमणबाट टुक्रे उत्पादनमा नभएर व्यवसायिक उप्पादन गर्नुपर्छ भन्ने चेतनाको विकास भएको छ’ कामीले भनिन, ‘त्यसका साथै मल्चिङ प्रणालीबाट तरकारी गर्ने तरिका र ताजा तरकारीका लागि थोपा सिंचाईको भूमिकाका बारे पनि ज्ञान हासिल भएको छ ।’

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto