जयमान बुढामगर
नेपाल फरक फरक चाड पर्व, धर्म र कला सँस्कृति मान्ने देश हो । त्यसैले होला दिवंगत भएका आफ्ना आफन्तहरुको सम्मान गर्ने चलन र संकार पनि ठाउँ अनुसारको फरक फरक पाईन्छ । कतै आफ्नो मृतक आफन्तहरुको सम्झनामा प्रत्येक बर्ष मृत्यु तिथिमा सराध गरेर सम्भिन्छन, कसैले शव गाढेको ठाउँमा गएर पुजाआजा गर्छन त कसैले आफन्तको नाममा बिभिन्न पुरस्कार तथा अक्षयकोष स्थापना गरेर पनि ।

रुकुम पूर्वमा भने त्यसभन्दा केहि फरक काम गरिन्छ । जहाँ आफ्नो आफन्तको मृत्यु भएपछि मृतकको सम्झनामा सामाजिक काम समेत हुदै आएको छ । मृतकको सम्झनामा बिसौना (चौतारी) निर्माण, बिरुवा रोप्ने, गोरेटो बाटो मर्मत र पानीको मुहान सरसरफाई जस्ता सामाजिक काम समेत गर्ने गरेका छ । त्यस्तै मृतकको नाममा बनाएको बिसौना सरसफाई र लिपपोत गरेर पुजाआजा पनि गरिन्छ । जसलाई स्थानीय भाषामा पिटर पूजा समेत भन्ने गरिन्छ । आ–आफ्नो आफन्तको मृतकको नामबाट बन्नेको बिसौनामा आ–आफ्नो परिवार जम्मा भएर मृतकको नाममा बनाएका विभिन्न खानाका परिकार बनाइ पितर लाई पुज्ने गरिन्छ । पितरको अर्थ मृत आफन्तको आत्मा भन्ने स्थानीय अर्थ रहेको रुकुम भूमे गाउँपालिका २ का स्थानीय मदन रोकाले बताए । ‘आफ्ना पुर्खाहरु मरेर गएकालाई पितर भन्ने गरिन्छ र त्यहि पुर्खाहरुको नाममा नै पिटर पूजा गर्ने गरिन्छ, उनले भने, ‘आफ्नो भाई (कुल) अनुसारमा पुर्खा देखि चल्दै आएको चलन अनुसार कम्तिमा वर्षमा एक पटक र कसैले त दुई पटक सम्म मान्ने गर्दछन् ।’ घरमा शान्ति, धनको लाभ, परिवारमा खुसीयाली, रोगबाट पितरले सुरक्षा गर्ने विश्वासमा यो पूजा गर्ने गरेको स्थानीयहरुको भनाई छ । ‘मृतक आत्माको शान्ती सामाजिक काम गरेपछि हुने यहाँका स्थानीयहरुको बिश्वास छ, त्यसैका लागि नै बाटोघाटो निर्माण गर्ने देखि चौतारी निर्माण जस्ता सामाजिक काम हामी गर्दै आएका छौं, रोकाले भने । पितर पूजाको दिन पूजा नगर्दा सम्म अरुको सन्तानसंग नबोल्ने संकार पनि त्यहाँ छ ।
बोलेमा सन्तानमा पितरले हानि नोक्सानी गर्ने भएकोले पूजाको समयमा अरुसंग नबोल्ने प्रचलन रहिआएको छ । भूमे २ गाबाङमा गणबहादुर बुढा टोलले वर्षको एक पटक मंसिर औँसीमा पिटर पूजा गर्ने गरेको छ । ‘सोहि दिनमा नै सामाजिक काम जस्तै गोरेटो बाटो मर्मत, बिसौना, तथा गाई, भैसी, भेडाबाख्राको लागि पानी खुवाउने मुहान पोखरी मर्मत तथा सरसफाई गर्ने गरेका छौं’ उनले भने । रुकुम भूमे काक्रिमा यहि शुक्रबार त्यहाँका स्थानीयहरुले आआफ्नो तरिकाले यस पर्ब समेत मनाएका छन । पितर पुजा रुकुम पूर्व र रोल्पाको समेत बिभिन्न ठाउँमा गर्ने संस्कार छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto