जयमान बुढामगर
रुकुम पूर्वको भूमे गाउँपालिका जिल्ला स्तरीय पढाइ मेला आयोजना गरिएको छ । विद्यार्थीहरुलाई बाहिरी ज्ञान सहित बिद्यालय स्तरमा भैरहेका पढाइ एक अर्कामा आदान प्रदान गर्ने उद्देश्यले नौलो कार्यक्रमको आयोजित गरिएको हो । मेलामा पढाइ सामाग्री तथा पाठ्य पुस्तक पनि प्रदर्शन गर्ने गरिएको छ । विश्व खाद्य कार्यक्रमको आर्थिक र विश्व शिक्षाको प्राविधिक सहयोगमा मिक नेपालले पढाई मेलाको आयोजना गरेको हो । बिश्व शिक्षा कार्यक्रम रुकुमका कार्यक्रम अधिकृत प्रमोदकुमार बिष्टले जिल्लाका बिभिन्न बिद्यालयहरु बिचको सिकाई अवस्था एकआपसमा घुलमिल गराउने यो कार्यक्रमको उदेश्य रहेको बताए । भूमे गाउँपालिका २, को त्रिवेणी माध्यामिक विद्यालय काँक्रीमा प्रारम्भिक तह पढाइ कार्यक्रम अन्तर्गत पढाइ मेला आयोजना गरिएको थियो ।

पढाई मेलामा शिक्षक र बिद्यार्थीहरुको भेला सगै शिक्षण सिकाईका क्रियाकलप र बिभिन्न प्रतियोगीता पनि आयोजना गरिएको थियो । पढाई मेलाले विद्यालय तथा विद्यार्थीलाई थप उर्जा हौसला थप्ने र यस्तो कार्यक्रम संचालन नभएका अन्य बिद्यालयहरुमा पनि कार्यत्रम बिस्तार गर्नुपर्ने पढाई मेलामा सहभागी सहिद बासु स्मृति नमुना आधारभूत बिद्यालयका प्रध्यानध्यापक बिष्णुकुमार शर्माको भनाई छ । रुकुम पूर्व सगै केहि समय भित्र रुकुम पश्चिममा पनि जिल्ला स्तरीय पढाई मेला आयोजना गर्ने तयारी गरिएको छ । शिक्षाको पहिलो खुट्कीलोको रुपमा रहेको प्रारम्भिक कक्षाका बालबालिकाहरुको सिकाई प्रभावकारी र गुणस्तरीय होस भनेर संस्थाद्धारा रुकुम पूर्ब ७३ र पश्चिमका ९४ बिद्यालयहरुमा कार्यक्रम संचालन गरिएको र कार्यक्रम उपलब्धीमुलक भैरहेको आयोजक संस्था मिक नेपाल रुकुमका अध्यक्ष भिउमान घर्तीले बताए । प्रारम्भीक तहमा अध्ययनरत बालबालिकाको लेखाई, पढाई र सिकाई सिप बृद्धि संचालन गरिएका यस्ता कार्यक्रमले जिल्लाका दुर्गम बस्तीहरुमा राम्रो प्रभाव पार्ने आयोजक संस्थाहरुले अपेक्षा गरेका छन । बालबालिकाहरुलाई किताबी किरोको रुपमा मात्र बिकास भैरहेको पुरानो शिक्षण प्रणालीलाई हटाउदै यस्ता रचनात्मक कार्यक्रमहरुले प्रयोगात्मक रुपमा खेल्दै पढ्दै शिक्षामा आर्कषण गर्ने देखिन्छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto