- आहा टक
अंशु केसी
मुसिकोट नगरपालिका १, रुकुम पश्चिम
त्रिभुवन जनता माबिमा
कक्षा १० मा अध्यनरत ।
पढाई लेखाई कसरी चल्दै छ ?
मेरो पढाई लेखाई राम्रो संग चल्दै छ । अहिले एसईई भएकाले कडा मेहनतका साथ पढिरहेकि छु । यसका साथै ट्युसन क्लास पनी लिने गरेकि छु । त्यसैले झन राम्रो भइरहेको छ ।
तपाईको पढाई लेखाइमा घर परिवारको सहयोग कस्तो छ ?
मेरो पढाई लेखाईमा घर परिवारले धेरै सहयोग गर्नुभएको छ । मेरो पढाईमा कुनै किसिमको असहज नपरोस भनेर मलाई पढ्ने कोठा छुट्टै गराईदिनुभएको छ । बाबा र आमाको सहयोगका कारण नै मेरो पढाई पहिलेको भन्दा सुध्रिएको छ ।
तपाईको बिचारमा बिद्यालयमा शिक्षकहरुको शिक्षक कस्तो भए झन प्रभावकारी हुन्थ्यो जस्तो लाग्छ ?
मेरो विचारमा गुरुहरुले बिद्यालयमा विद्यार्थीहरुको भावना बुझेर प्रयोगात्मक तरीकाले पढाउँदा राम्रौ हुन्थ्यो जस्तो लाग्छ । यसो गर्दा विद्यार्थीको पढाईमा रुची पनी बढ्र्दछ ।
बिद्यालयमा गुरुहरुले पढाएको र घरमा आफैले पढेकोमा बढि के मा बुझ्नुहुन्छ ?
म शान्त वातावरणमा पढ्दा नै धेरै नै बुझ्छु । मेरो घरको वाताबरण शान्त छ । बिद्यालयमा पढाएको कुरा घरमा दोहोर्याएर पढ्दा धेरै बुझ्छु ।
विद्यालयमा गुरुहरुको बिद्यार्थीप्रति कस्तो व्यवहार छ ?
विद्यार्थीमार्थी गुरुहरुले विद्यालयमा सबै विद्यार्थी माथी समान व्यवहार गर्नुहुन्छ ।
तपाईले पढ्ने विद्यालय बालमैत्री छ या छैन छ ?
हजुर, म पढ्ने विद्यालय बालमैत्री छ । बिद्यार्थीहरुलाई कुनै शाारीरिक दण्ड नदिएर उनीहरुलाई सल्लाह तथा परामर्श दिनुहुन्छ ।
तपाइको विद्यालयमा उचित खेलमैदान, खानेपानी, शौचालय र पुस्तकालयको व्यवस्था छ ?
हजुर मेरो विद्यालयमा उचित खेलमैदान, खानेपानी, शौचालय र पुस्तकालयको राम्रो व्यवस्था छ । अनी यहाँ ंअंगे्रजी माध्यमबाट पढाई हुनुको साथै ईपुस्तकालयको पनि व्यवस्था छ
स्थानीय सरकार आएपछि बिद्यालय वाताबरण र शिक्षणमा केहि फरकपन भए जस्तो लाग्छ ?
अहिलेको स्थानीय सरकारले पढाई लेखाईमा खासै कुनै सहयोग गरेको पाईएको छैन । हाम्रो विद्यालयमा झन स्थानीय सरकारले कुनै सहयोग दिएको जस्तो लाग्दैन त्यसैले निजी शिक्षकहरुलाई यहाँ तलब दिन समेत गा्रहो छ जस्तो लाग्छ ।
पढाईलाई थप व्यवस्थित पार्न कस्तो तयारी भैरहेको ?
मैले मेरो पढाईलाई अझै थप व्यवस्थित पार्न ट्युसन कलास लिइरहेकी छु । कडा मेहनत पनि गरिरहेकी छु । विद्यालयमा गुरुहरुको र घरमा अभिभावकको सहयोग लिन्छु ।
विद्यालयमा गुरुले गर्ने व्यवहार र घरमा आमावुवाले गर्ने व्यवहार विच के फरक छ ?
मलाई विद्यालयमा गुरुले गर्ने व्यवहार र घरमा आमा बुवाले गर्ने व्यवहारमा त्यति केहि फरक लाग्दैन । विद्यालयमा गुरुले हामीलाई आफ्ना छोराछोरी झै सम्झी पढाउंनु हुन्छ । आवश्यक सहयोग र सल्लाह दिनुहुन्छ ।
पढिलेखी के बन्छु जस्तो लाग्छ ?
म पढिलेखी एक असल नागरिक बन्न चाहान्छु । समाजको विकासका लागी अग्रसर हुन्छु । पढिलेखी पहिले आफ्नो सपना पुरा गर्छु । अन्त्यमा, हाम्रो विद्यालयमा जस्तै अरु विद्यालयमा कम्प्युटर, खानेपानी, शौचालयको उचित व्यवस्था छैन जस्तो लाग्छ । स्थानीय सरकारले अरु विद्यालयहरुमा पनी सहयोग गर्नु पर्छ र यसका साथै विद्यार्थीहरुको चेतनास्तर उकास्ने खालका जनचेतना कार्यक्रमहरु सञ्चालन गर्नु पर्छ । मलाई यस आहा सञ्चार पत्रिकामा मेरो मनमा लागेका केहि कुराहरु यस पत्रिकामा राखिदिनु भएकोमा आहा सञ्चार परिवारलाई आत्म देखिनै धन्यबाद दिन चाहान्छु । प्रस्तुती : सुवास बटाला
