हिमालय आधारभूत विद्यालयमा खुसीयाली

Byआहा सञ्चार

२०७५ मंसिर १४, शुक्रबार १८:१८ गते

जयमान बुढा मगर
रुकुम पूर्व भूमे गाउँपालिका वडा नम्बर २ हिमालय आधारभूत विद्यालय गाबाङमा आज खसियाली मनाईएको छ । गत कात्र्तिक ११ गतेका दिन भूमे २ आधारभूत विद्यालय खाबाङमा विश्व खाद्य कार्याक्रम र विश्व शिक्षाको प्राविधिक सहयोगमा मिक नेपालद्धारा सञ्चालित पढाई मेला कार्याक्रममा गाबाङका चार विद्यार्थीले विद्यार्थीले प्रथम स्थान, पाँच जना दास्रो र तिन जनाले तेस्रो स्थान हासिल गरेका थिए । उक्त प्रतियोगीतामा स्थान हासिल गरेका विद्यार्थीहरुलाई सल्लेरी जनबिकास युवा क्लब र स्थानीय अभिभावकहरुले विद्यार्थी तथा शिक्षकलाई समान कार्याक्रम गरिएको क्लबका अध्यक्ष दिलमान बुढा मगरले जानकारी दिए । आगामी दिनमा पनि विद्यार्थी तथा शिक्षकलाई थप उर्जा तथा हौसला प्रदान गर्नको निम्ति उक्त समान कार्याक्रमको आयोजना गरिएको अध्यक्ष बुढाले बताए । कार्याक्रम भूमे २ वडाका चार आधारभूत विद्यालय त्यसमा पनि बालशिक्षा देखि कक्षा तिन सम्मका अध्यनरत विद्यार्थीहरु बिचमा पढाई मेला प्रतियोगीता आयोजना गरेको मिक नेपालकी कार्याक्रम उत्पेरक बेदना बुढा मगरले बताइकी छिन् । जस कार्याक्रममा शब्द बाचन, चित्रकला, पढाई सामाग्रीबाट शब्द निर्माण प्रतियोगीता गरिएको उत्पेरक बुढाले जानकारी दिइएकी छिन् । अबको कात्र्तिक १६ गते रुकुम पूर्वका ७५ वटा आधारभूत विद्यालयहरुको पढाई मेला प्रतियोगीता त्रिवेणी माविमा हुने भएको आयोजक मिक नेपालले जनाएको छ ।

पढाई मेला आयोजनाले विद्यार्थीको थप बाहिरे ज्ञान प्राप्त गरिराखेको विद्यालयहरुले जनाएका छन् । अहिले विगत वर्षहरु देखि मिक नेपालले आधारभूत विद्यालयमा बालशिक्षा देखि कक्षा तिन सम्मका भूमेका १२ वटा विद्यालयमा बहुभाषा शिक्षामा समेत किताब निकालेको छ । पढाई सामाग्री, अभिभावकहरुसंग अन्तरक्रिया, शिक्षकहरुलाई तालिम, विद्यालयको भौतिक निर्माण जस्ता काम मिक नेपालले गरिराखेको विद्यालयले जनाएको छ ।
समान कार्याक्रमको अध्यक्षता क्लबका अध्यक्ष दिलमान बुढाको रहेको थियो । प्रमुख अथिति वडा नम्बर २ का वडा सदस्य मदन कुमार बुढा विशेष अथिति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चाम बहादुर बुढा अन्य अथितिहरुमा विद्यालयका प्राधानाध्यपक झगबहादुर श्रेष्ठ, भूमे गाउँपालिकाका सब इन्जिनियर राजकुमार बोहोरा स्थानीय अभिभावक लगायतको उपस्थिति रहेकोमा सञ्चालन शिक्षक चिन्तामुणी गौतमले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु
adv.