मेगराज खड्का
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सातै प्रदेश कमिटीका सदस्यको नाम टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले सातै प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको हो । बैठकले यसअघि नै प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज तोकिसकेको छ । यस्तै अब नेकपाले केन्द्रीय समितिका सदस्यको कायविभाजन, जनवर्गीय सङ्गठनको एकीकरण र जिल्ला समितिका मुख्य नेतृत्वको चयन गर्न बाँकी छ । सो विषयलाई पनि आगामी बैठकबाट टुंग्याइने नेकपाले जनाएको छ । पार्टी एकता भएको लामो समय भए पनि अझै तल्लो तहसम्म एकता हुन सकेको छैन । पार्टीमा तल्लो तहसम्मको एकता प्रक्रियाले गति नलिएको, स्थायी कमिटीको बैठक नबसेको तथा सरकार र दलबीच समन्वय नभएको विषयमा आवाज उठ्दै आएको छ ।

election adv.

रुकुम पश्चिमबाट २६जना
मिडियाहरुमा सार्बजनिक गरिएको सूचीमा रुकुम पश्चिमबाट कर्णाली प्रदेश समितिमा २६ जना परेका छन । जसमा कर्णाली प्रदेश ईन्चार्ज जनार्दन शर्मा, बिमलकुमार पुन, झक्कु घर्ती, चन्द्रबहादुर शाही, धर्मबहादुर केसी, धनबिर ओली, नरबहादुर पुन, पुस्प बादी, बिशाल शर्मा, बिमला केसी, ईन्दिरा बिएम र चन्द्रबहादुर बिक रहेका छन । त्यस्तै केदार बिष्ट, गोपाल शर्मा, गोर्ख केसी, गणेश केसी, गोपेश्वर दाहाल, देबी ओली, ठकेन्द्र प्रकास पुरी, तिर्था गौतम, बुद्धिप्रसाद शर्मा, भुपालसिंह वली, महेन्द्र केसी, राधा रोकाय, रातो कामी र लक्ष्मी शर्मा रहेका छन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto