आहा टकमा : सूर्य बहादुर गिरी, संचालक, सुर्य काष्ठ उद्योग, मुसिकोट रुकुम पश्चिम
व्यवसाय क्षेत्र कसरी चल्दै छ ?
व्यवसायीक क्षेत्र राम्रै चलिरहेको छ । सन्तोषजनक नै छु । सबै ग्राहकहरुले माया गरिरहनु भएकै छ त्यसैले म संग गुणस्तरिय फनिचरहरु पाइैने भएकोले ग्राहकहरु खोजी खोजी म कहा आउनुहुन्छ । अहिले सम्म कुनै पनी ग्राहकले सामान कमजोरी भयो भनेर गुणासोे गर्न आउनु भएको छैन । ग्राहाकको सुन्तुष्टि नै मेरो सुन्तुष्टि हो ।
यस व्यवसायिक क्षेत्रमा लागेको झण्डै कति भो ?
यस व्यवसायिक क्षेत्रमा लागेको झण्डै २४ वर्ष भयो । मैले २०५१ साल वैशाख देखि व्यवसाय सञ्चालन गरेको छु ।
व्यवसाय सुरु गर्नु भन्दा पहिले के गर्नु हुन्थ्यो ?
यस व्यवसाय सुरु गर्नु भन्दा पहिल म साँखमा सामान्य कृषक हुँ । सांखमा पहिले आलु खेती व्यवसायिक रुपले गरिन्थ्यो र यस क्षेत्रमा पहिले व्यवसायिक रुपमा आलु खेती गर्न सिकाउने व्यतिm म नै हुँ । पहिलो पटक मैले आफ्नो गहुं छर्ने बारीमा आलुमात्र लगाएपछि गाउलेहरुले यो बहुलायो भने तर पछि मैले लगाएको आलु खेती बाट राम्रै आम्दानी भएपछि यस क्षेत्रमा अरु पनी बिस्तारै आर्कषित भएका हुन । म सानो १० वर्ष को हुदा वुवाको मृत्यु पछि वुवाको मायाँ र वुवाको हातबाट लेखपढ् गर्न पाइएन ।
समय बित्दै गयो नपढेका मान्छेलाई समाजले हेला गर्ने रहेछन त्यो मलाई सैह्य भएन र म १८ वर्षको उमेरमा कक्षा ४ मा जनजागृत निमाबि बिद्यालयमा भर्ना भए ४, ५ र ६ कक्षा सम्म साँखमा र अरु पढाई त्रिभुवन जनता माबि खलंगामा गरी १२ वर्ष पढाईमा सकियो र ३० वर्ष को उमेरमा उद्योग सञ्चालन गरी बिहे गरेको छु ।
हाल यस क्षेत्रमा काम गदै गर्दा कस्तो खालको अनुभुती लिनु भएको छ ?
इमान्दार पुर्वक काम गदै जाने हो भने मान्छे कहिलै पछि पर्दैन । मान्छेले चाह्यो भने असम्भब भन्ने कुनै कुरा छैन । सवै सम्भव छ ।
लामो समय सम्म यस क्षेत्रमा काम गरी रहनुभएको छ यस बाहेक अन्य सोच बनाउनु भएन ?
यो बाहेक अन्य सोच बनाएन किन भने १०÷१५ जना वेरोजगार युवाहरुलाई रोजगार दिन सक्ने जनताको सेवा पनी हने र जिल्लामा सानो भएपनी उद्योपतिको संज्ञा पाइने भएकोले सोच अन्त गएन । पतिको संज्ञा ३ मात्र छन ति हुन अराष्ट्रपती, गणपती, उद्योगपती मध्य अरु पती बन्ने सम्भब नएकोले सानो भएपनी उद्योग पतीलाई रोजेको हु ।
तपाईको बिचारमा अहिलेको स्थानीय तहले गरेको काम कार्यलाई कसरी तुलना गर्नु हुन्छ ?
अहिले स्थानीय तहले गर्ने काम र पहिलेको स्थानीय तहले गर्ने काममा फरक छ । जनचाहानाको सोचाई अनुसार काम भएको छैन । किन भने पहिलेको स्थानीय तहले पहिले बनाएको कार्यनीतिमा काम गर्दथ्यो तर अहिलेको स्थानीय तहले नयां संरचना, नयां कानुन बनाएर जानु पर्ने भएकोले अहिलेको स्थानीय तहलाई पनी २ वर्ष सम्म सिकाइमा नै केहि समय वित्ने भएकोले केहि बिकास निर्माणमा ढिलाई भएको छ ।
अहिले सम्म स्थानीय सरकारले गरेको काम लाई कसरी समिक्षा गर्नु हुन्छ ?
सबै कुरा नयां तरीकाले जानुपर्ने भएकोले जनचाहाना अनुसार कामकाजमा केहि ढिला सुस्ती भएको छ । २ वर्ष पछि कामले गती लिन्छ भन्ने आशा छ ।
स्थानीय तहले महंगो कर लगाएको जनगुणासो आएको छ यसमा तपाई के भन्नु हुन्छ ?
यसमा जनताले जे देख्छ त्यहि बोल्दछ । कर उठाउनु कर तिर्नु जनताको दायित्व हो । दायित्व हो भन्दैमा दोहोरो तेहोरो कर लगाएर जनताको ढाड् भांँच्ने काम भएको छ । यो गल्ती हो ।
तपाइको विचारमा स्थानीय तहले के गरिदिए हुन्थ्यो जस्तो लाग्छ ?
जनचाहाना अनुसार काम गरिदिए हने थियो जस्तो लाग्छ । जस्तै स्थानीय तहमा भएका उद्योगहरुलाई सहुलियत दरमा ऋण उपदब्ध गराउने, बेरोजगार युवाहरुलाई सहकारीको माध्यमबाट स्वरोजगार बनाइने, बिदेशिने युवाहरुलाई स्वदेशमै रोजगारको व्यवस्था मिलाई दिने, जिल्लामा भएका साना उद्योग लाई औद्योगीक क्षेत्रको स्थापना गरी बिद्युत, बाटो र बजारको व्यवस्था मिलाई दिए हुन्थ्यो जस्तो लाग्छ ।
गाउँगाउँमा सिंहदरबार भनिन्छ तर युवाहरु बेरोजगार छन । यसलाई रोकथाम गर्न के गर्नु पर्ला ?
गाउं गाउंमा सिंहदरबार आयो भनिन्छ । सिंह आयो तर दरबार आएन । बेरोजगार युवाहरुलाई दिएको आश्वासन बिदेशिदा देशलाई भयो घाटा । अरुको देशमा बिकास भयो हाम्रो युवाशतिmले गर्दा हाम्रो देशलाई घाटा भयो यूवा शक्ति विदेशिनुपर्दा । यस विषयमा स्थानीय सरकारले ध्यान दिनु जरुरी छ ।
कुराकानी को अन्त्यमा केहि भन्नु छ ?
कुराकानीको अन्त्यमा म के भन्न चाहान्छु भने जुन हिजो आज यूवाहरु विदेशिने काम भैरहेको छ । यसमा मलाई पटक्कै चित्त बुझेको छैन । जुन ३०÷४० लाख रुपैयां ऋण कारेर अरु को देशमा गएर अरुको गुलाम गर्नु भन्दा त्यो रकम स्वदेशमा लगाउन सके आफ्नो देशको पनी बिकास हुने र आफ्नो पनी मान सम्मान हुने भएकोले सम्पूर्ण यूवा शक्तिहरु देशका कर्णधारहरु लाई नविदेशिन विनम्र अनुरोध गर्द छु । प्रस्तुती :सुवास बटाला
